काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरेपनि एमालेले चुनाव जित्ने बताएका छन् ।

शनिवार पार्टीको उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले आयोगमा दर्ता भएका सबै पार्टीहरु एकमुष्ट रुपमा आएपनि एमालेले एक्लै चुनाव लडेर जित्ने दाबी गरेका हुन् । उनले अन्य पार्टीहरु एमालेसँग डराएर यसका विरुद्धमा लागिरहेको बताए । उनले सबै पार्टीहरु एकतिर लागेपनि ५० प्रतिशतभन्दा बढी नेपाली जनता नेकपा एमालेको साथमा रहेको बताए ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन गर्न खोजेको औँल्याउँदै एमालेको पाखुरा देखेर देउवा छक्क परेको बताए ।  अध्यक्ष ओलीले एमालेले राष्ट्रवाद र देशभक्तिको धारको नेतृत्व गरेको बताए । उनले सत्तारुढ नेकपा माओवादी केन्द्रले एमसीसीको सन्दर्भमा विदेशीसँग साँठगाँठ गर्ने र जनतालाई छल्ने काम गरेको आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय