महाभारत, काभ्रे । चुनावी चहलपहल बढेसँगै नेकपा माओवादी केन्द्र महाभारत गाउँपलिका कमिटीले पार्टीको गतिविधिलाई सक्रिय बनाएको छ। शनिबार नेकपा माओवादी केन्द्रले गाउँपालिकाको वडा नं. ७ मा राजनीतिक तथा वैचारिक प्रशिक्षण एवम पार्टी कार्यालय उद्धघाटन गरिएको छ ।

उद्धघाटन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य तथा महाभारत गाउँपालिका इन्चार्ज सुजन लामाले माओवादी केन्द्रले महानयुद्धबाट ल्याएको उपलब्धिहरुलाई आम जनतामा लैजानुपर्ने भन्दै भ्रमको खेती गर्नेहरुको पछाडी नलाग्न आग्रह गरे । माओवादी ज्यानमारा नभई तत्कालीन मान्छे मार्ने कानुन बनाउने नेपाली कंग्रेस र एमाले ज्यानमारा भएको बताए । महाभारत मै जन्मेको हुर्केको र त्यही ठाउँबाट जनयुद्ध लडेर आएको विकास र समृद्धि महाभारत बनाउन अन्तिम सम्म लड्ने उनको भनाइ थियोे ।

नेकपा माओवादी केन्द्र महाभारत गाउँपालिका अध्यक्ष तथा पलिका अध्यक्ष कान्छालाल जिम्बा ( संसार)ले आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा माओवादीलाई जिताउन मतका साथ सहयोग रहने समेत अपेक्षा प्रकट गरे । महाभारत गाउँपालिकाको सबै वडामा लालझण्डा ठडाएरै देखाउने उनलको प्रतिबद्धता रहेको छ ।समान अधिकार र समावेशीता सहितको एजेण्डा सवै पार्टीले उठान गर्नुपर्ने देखिएको बताउँदै माओवादी केन्द्रले दलित, जनजाति, आदीबासी लगायत समुदाय र महिलाहरुको अधिकारलाई रक्षा गर्न सधै प्रयासरत रहेकोे बताए । जिम्बाले सिंहदरबारलाई गाउँ–गाउँमा पुर्‍याउन माओवादी केन्द्रको उपलब्धि भएको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय