महाभारत,काभ्रे । युवा सेवा समाज महाभारत गाउँपालिका–१ काभ्रेले मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन् ।

“हाम्रो अभियान हामी युवाको सशक्त कदम उज्वल समाजको निर्माण” भन्ने मुल नाराका साथ स्थापना भएको युवा सेवा समाजले काभ्रेको विगत ३ वर्ष देखी दुबै मृगौला फेल भई डाइलसिस तथा उपचार गराइरहेका महाभारत गाउँपालिका १ छोटेसहानका रमित थिङलाई रु १० हजार सहयोग गरिएको हो ।

थिङको जन्म दिनको अवसरमा युवा सेवा समाजले रु १० हजार र विभिन्न व्यक्तिहरुले ब्यक्तिगत रु ९ हजार गरि कुल रु १९ हजार ग्लोबल खबरको कार्यालयमा संचारकर्मी तथा पत्रकार द्धय अमृत योन्जन तामाङ र मोतीलाल मोक्तान, युवा समाजका अविरल मोक्तान र सागर मोक्तानले पीडित थिङलाई हस्तान्तरण गरेको हुन् ।

महाभारत गाउँपालिका वडा नं. १ बाट देश विदेशमा रहेका सक्रिय विछोड जिम्बा लगायत युवाहरु युवा सेवा समाजमा सक्रिया रहेका छन् । थिङको जन्म दिनको अवसरमा युवा सेवा समाजले केक काटेर जन्म दिन समेत मनाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय