युएई । तामाङ समाज युएई अबुधाबीका उपाध्यक्ष श्याम तामाङ र सदस्य मिनु मोक्तानको पहलमा युएईमा अलपत्र परेको स्याङ्जाकि एक चेलिको प्रक्रियागत आबश्यक कागजात पूरा गरि आईतवार नेपाल पठाउन सफल भएको छ ।

पासपोर्ट हराएको र केही पनि आधिकारिक कागजात नभएकोले केही समयदेखि युएईमा समस्यामा परेकी थिइन् ।

यही अवस्थामा उनको अवस्थाबारे जानकारी तामाङ समाज युएईका उपाध्यक्ष श्याम तामाङ र मिनु मोक्तान सम्म पुगेपछि उनले तत्कालै उद्धार प्रक्रिया अघि बढाए । समस्याबाट ग्रस्त चेलीको अवस्थालाई गम्भीररूपमा लिएर उनले पहिलो चरणमा तामाङ समाजका अन्य पदाधिकारी र स्वयंसेवीहरूसँग समन्वय स्थापना गरे । चेलीको अवस्थाबारे यथार्थ विवरण संकलन गरी आवश्यक कागजात, कानुनी प्रक्रिया तथा आवागमनसम्बन्धी सम्भावित मार्ग पहिचान गर्न उनले सक्रिय भूमिका खेले ।

उद्धार प्रक्रियामा युएई भित्रका विभिन्न सामाजिक अभियन्ता, नेपाली दूतावासका प्रतिनिधिहरु संग राम्रो सहकार्य भयो । श्याम तामाङ मिनु मोक्तान र सङिता दोङले चेलीलाई सुरक्षित स्थानमा लैजाने व्यवस्था, खानपानको ब्यबस्था गरेको थियो । कानुनी मार्गदर्शन, र टिकट व्यवस्थापनको सम्पुर्ण खर्च तामाङ समाज युएईले ब्यबस्थ गरेको थियो ।

तामाङ समाजको सामूहिक प्रयास र उपाध्यक्षको नेतृत्वमा चेलीलाई अन्ततः सुरक्षित रूपमा उद्धार गरी आवश्यक प्रक्रिया पूरा गर्दै बीस दिन पछि स्वदेश फिर्ता पठाएको छ । कठिन परिस्थितिबाट मुक्त भइसकेपछि उक्त चेलीले आँखा भरिँदो भावनासहित तामाङ समाज र सहयोगी हातहरूप्रति आभार व्यक्त गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय