खानीखोला,काभ्रे । काभ्रेको खानीखोला गाउँपालिका–७ महांकलस्थित जनहित माध्यामिक विद्यालय विद्यार्थीलाई न्यानो कपडा (ट्रेक सुट) वितरण गरेको छ । जाडो मौसम सुरु हँुदै गर्दा विद्यालयको विद्यार्थीलाई सहज अध्ययन वातावरण बनाउन रोटरी क्लब अफ बानेश्वरको सहयोग र ठुलि रत्नमान जिम्बा फाउण्डेशणको समन्वयमा १ सय ६२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।

न्यानो कपडा वितरण गर्दौ प्रमुख अतिथि युवा नेता समाजसेवी तथा नेपाली कम्युनिष्ट पार्टी खानीखोला गाउँपालिकाका अध्यक्ष अविरल जिम्बाले यो वितरण कुनै राजनीतिक उद्देश्यले नभई समाजिक भाव र विद्यार्थीहरुको उज्ज्वल भविष्य, स्वास्थ्यलाई राहत र पढाइमा सहयोग पु¥याउने उद्देश्यले वितरण गरेको बताए ।

विद्यालयल परिवारले सामाजिक सेवामा सक्रिय रुपमा अग्रसर रहेको युवा नेता राजन अधिकारीलाई सम्मान –कदरपत्रले सम्मानित गरेका छन् । सामाजिक सेवामा निरन्तर साथ दिँदै आएको भन्दै विद्यालय परिवारले सम्मानित गरेका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि युवा नेता तथा समाजसेवी अबिरल जिम्बा, रोटरी क्लब अफ बानेश्वरको प्रतिनिधि रत्न बहादुर खत्री , वडा नं. ३ को अध्यक्ष सागर लामा, युवा नेता तथा समाजसेवी राजन अधिकारी, बिरेन्द्र लामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अविशा पुलामी मगर, विद्यालयका प्रधानाध्यापक कुमार बहादुर दर्लामी शिक्षक शिक्षिका लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

बिगतको समय देखि नै सामाजिक रूपमा काम गर्दै आएका युवा नेता तथा सामाजसेवी जिम्बाले केही दिन अघि वडा न १ का देविस्थान आबि, दयागाउँ कालिका आवि हातिडाँडा अन्तर ज्योति आवि अन्तरेडाँडा र भैरव आवि बलडाँडा ट्रेक सुट जुत्ता र मोजा वितरण गरेको थियो ।

रोटरी क्लब अफ बानेश्वर र ठुलि रत्नमान जिम्बा फाउण्डेशण विभिन्न विद्यालयमा पुगेर न्यानो कपडा वितरण दुखी पीडितहरुलाई सहयोग गर्दै आएका छन् । न्यानो कपडा पाएसँगै विद्यार्थी खुसी भएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय