खानीखोला, काभ्रे । काभ्रेमा आगोमा जलेर एकजनाको मृत्यु भएको छ ।
खानीखोला गाउँपालिका–३ बाङ्गे निवासी भक्त बहादुर थिङको घरमा आगलागी हुँदा ८४ वर्षीया माइली माया थिङको आगोमा जलेर मृत्यु भएको वडा नं. ३ का वडा अध्यक्ष सागर जिम्बाले जानकारी दिए ।


बिगत केहि बर्ष देखि मानसिक अवस्था ठिक नभएको माइली माया आज बिहान ९ बजे तिर घर कोहि नभएको बेलामा घर आगो लागेपछि उनको शरीरमा आगो लागेर उनको घटनास्थलमै ज्यान गएको वडा अध्यक्ष जिम्बाले बताए ।
घर जलेर पुरै क्षती भएको छ। घरमा भएको अन्न बाली, लत्तकपडा सबै जलेको छ । क्षतीको थप विवरण आउन बाँकी छ ।










