काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी कुनै व्यक्ति वा समूहको पेवा नभएको बताएका छन्।

नेकपाले काठमाडौँको भृकुटीमण्डपमा शनिबार आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले जेनजीका नाममा स्टन्ट नगर्न चेतावनी दिए। ‘जेनजी कसैको पेवा होइन। हामी जेनजीका प्रतिनिधि भनेर कसैले स्टन्ट नगरे हुन्छ,’ उनले भने, ‘जेनजीको असल प्रतिनिधि नेपाली कम्युनिस्ट पार्टी हो।’

उनले गलत वा सही भन्ने कुरा विचार र एजेन्डाका आधारमा हुने जिकिर गरे। जेनजीलाई उमेरका कुरा गरेर अलमलमा नपार्न आग्रह गर्दै प्रचण्डले भने, ‘को गलत, को सही भन्ने एजेन्डा, विचारमा निभएर हुन्छ, उमेरमा होइन।’

समाजमा तीनै उमेर समूहका व्यक्ति आवश्यक हुने उनको भनाइ थियो। ‘कम्युनिस्टले भन्ने गर्छन् थ्रि इन वान। युवा, प्रौढ र वृद्ध। सबैले मिलेर समाज बन्छ,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय