काभ्रे । हराएको श्रीमती खोजिदिन श्रीमानले सबैलाई आग्रह गरेका छन् ।
काभ्रेको बेथानचोक गाउँपालिकास्थित् कामीडाँडा स्थायी घर भई पनौती नगरपालिका–७ कुशदेवी जाने रोड (भैरव हस्पिटल) नजिक बस्दै आएको ५३ बर्षीय बुद्धिमाया तामाङ ४ दिनदेखि हराईरहेको हुँदा श्रीमान बाबुलाल तामाङले खोजी गरिदिन आग्रह गरेका छन् ।
बाबुलालका अनुसार श्रीमती बुद्धिमाया फागुन १० गतेदेखि परिवारसँग सम्पर्कविहिन रहेको छ । उनले हराएको श्रीमतीलाई आफन्त तथा चिनेजानेका सबैतिर सम्पर्क गर्दा पनि फेला नपरेको वताए ।
बाबुलालले श्रीमती बुद्धिमाया कोठाबाटै हराएको बताए । तामाङको परिवारले करिब ५ फिट उचाई भएको, कालो कपाल, निलो कुर्था तथा रातो बुट्टे सुरुवालसँगै घ्यु रंगको चप्पल लगाएकी, मानसिक ठिक नभएको, हेर्दा बुढी देखिने गहुँगोरो बर्णकी बुद्धिमायालाई कसैले देखेमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन आग्रह गरेका छन् ।
यस विषयमा इलाका प्रहरी कार्यालय बनेपामा निवेदन दिएको उनको भनाई छ । उनले श्रीमती हराएको यतिका दिन वितिसक्दापनि फेला नपरेको सुनाउँदै कसैले कहिकतै फेला पारे प्रहरी कार्यालय वा आफ्नो मोबाईल नम्बर ९८४३५३२१०९ मा सम्पर्क गर्नसमेत अपिल गरेका छन् ।