काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले विगतका ऐतिहासिक सन्धि-सम्झौताहरुको अभिलेख राख्न सम्बन्धित सरकारी निकायलाई निर्देशन दिएको गरेको छ ।

समितिको मंगलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका सम्बन्धित निकायहरुलाई नेपालको ऐतिहासिक सन्धि-सम्झौताको अभिलेख राख्न निर्देशन दिएको हो ।

समितिका सभापति रामनारायण बिडारीले लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नेपालको चुच्चे नक्सा समेत अभिलेखालयमा अद्यावधिक गरेर राखिनुपर्ने बताए । ‘अभिलेखालयमा नेपालको सन्धि-सम्झौता छ कि छैन, अहिलेसम्म भएका सन्धि-सम्झौताको लिष्ट हुनुपर्‍यो । चुच्चे नक्सा हाम्रो अभिलेखालयमा त हुनुपर्‍यो नि । नेपालमा अन्त कहीं नभए पनि त्यहाँ हुनुपर्‍यो । राजनीतिक नक्सा, भौगोलिक नक्सा हुनुपर्‍यो । अपडेट गरिराख्न समितिको तर्फबाट आग्रह छ ।’

समिति सभापति बिडारीले नारायणहिटी संग्रहालयमा आवश्यकताभन्दा बढी नेपाली सेनालाई राखिएको भन्दै अनावश्यक संख्यामा रहेका सेनालाई फिर्ता गर्नुपर्ने बताए । त्यहाँ रहेका घोडा, तबेलालाई पनि हटाउनुपर्ने उनको भनाइ छ । ‘नारायणहिटीमा बसेको नेपाली सेना बढी भो । ठिक्क सेना सुरक्षाको निम्ति मात्र राखेर त्यसलाई संग्रहालय बनाउनुपर्छ । त्यहाँ घोडा, तबेला पनि राख्नुभएन । त्यहाँ आवश्यकताभन्दा बढी सैनिक पनि राख्नुभएन ।’

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय