काठमाडौं । प्रहरीले सेयर कारोबारी दीपेन्द्र अग्रवाल थुनामुक्त भएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अग्रवाललाई ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी जमानत लिएर छाडेको हो ।

अग्रवाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को व्यवस्था अनुसार सीआईबीले नै जमानत लिएर छाडेको ब्युरोको सहप्रवक्ता एसपी निरञ्जन भट्टले जानकारी दिए ।

उक्त दफाअनुसार अनुसन्धान अधिकारीले पक्राउ परेका व्यक्तिलाई छोड्न सक्ने कानुनी व्यवस्था छ ।

सीआईबीले अग्रवाललाई पुस ४ गते पक्राउ गरेको थियो । उनीविरूद्ध नेपाल धितोपत्र बोर्डले उजुरी गरेपछि सीआईबीले उनलाई पक्राउ गरेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय