काठमाडौँ । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले राजनीतिक घटनाक्रम र शक्ति केन्द्रको भूमिकालाई सङ्केत गर्दै आजका ‘नयाँ’ र हिजोका ‘नयाँ’ पात्रहरूको मूल जरो खोज्दा तिनको ‘कल नसो’ एउटै पर्न सक्ने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गरेका नेता बास्कोटाले आज र हिजोका नयाँ पात्रको स्वर र प्रवृत्ति मिल्न गए पनि त्यसलाई अनौठो मान्न नहुने बताएका छन् । उनका अनुसार यसको कारण एउटै कथा लेखक हुनु हो, जहाँ केवल समय, सन्दर्भ र पात्र मात्रै फरक हुने गर्छन्।

नेता बास्कोटाले शक्ति केन्द्रले आफ्ना नयाँ मिसन पूरा गर्न सधैँ नयाँ पात्रको खोजी गर्ने गरेको उल्लेख गरेका छन् । उनले यस अवस्थालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै जसरी कुनै मालिकले हरेक वर्ष बढी नाफाका लागि नयाँ नोकर खोज्ने गर्छ, ठिक त्यसैगरी शक्ति केन्द्रले पनि आफ्ना उद्देश्यअनुसार नयाँ पात्र अघि सार्ने गरेको टिप्पणी गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय