काभ्रे । काभ्रेको महाभारत गाउँपालिकामा नेपाली कांग्रेसका टोल कमिटि अध्यक्षसहित दर्जनौँ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको छ । महाभारत गाउँपालिका–८ मा कांग्रेसका टोल कमिटि अध्यक्ष चमार सिं ब्लोन लगायत एमाले र कांग्रेसका दर्जनौँ नेता तथा कार्यकर्ता माओवादी केन्दमा प्रवेश गरेको हो ।

कांग्रेसबाट प्रवेश हुनेमा टोल कमिटि अध्यक्ष ब्लोनसहित विकास ब्लोन, समिर ब्लोन, मंगल सिं थिङ, कमान सिं गोले, बेनी बहादुर विक, टेकबहादुर ओले, असली मोक्तान लगायत रहेका छन् ।

त्यस्तै एमालेबाट प्रकाश थिङ, इन्द्र थिङ, नकुल जर्गा मगर, चखली विक लगायत माओवादी प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई माओवादी केन्द्र महाभारत गाउँपालिकाका इन्चार्ज सुजन लामा, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा लगायतले स्वागत गरे । नवप्रवेशीहरुले महाभारतको विकास माओवादीबाट मात्रै सम्भव भएको र एमाले कांग्रेस विकासप्रमी पार्टी नभएको समेत बताए ।

उनीहरु भने, ‘स्थानीय तह बन्नु अघि तत्कालीन गाविस हुँदा यो क्षेत्रमा एमाले र कांग्रेस थिए तर उनीहरुले केही विकास गरेन । जब माओवादीले ५ वर्षमा महाभारतमा नसोचेको विकास गरेको छ ।’

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय