
महाभारत, काभ्रे । काभ्रेको डाँडापारिस्थित् महाभारत गाउँपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिसहित दजनौँ नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । वि.स. २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट महाभारत–८ को वडा सदस्यमा निर्वाचित सखली माया वि.क. माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
वडा सदस्य वि.कसँगै सोही वडाका कांग्रेस टोल कमिटि अध्यक्ष चमार सिं ब्लोनसंगै विकास ब्लोन, समिर ब्लोन, मंगल सिं थिङ, कमान सिं गोले, बेनी बहादुर विक, टेकबहादुर ओले, असली मोक्तान लगायत प्रवेश गरेका छन् ।


त्यस्तै प्रवेश हुनेमा एमालेबाट प्रकाश थिङ, इन्द्र थिङ, नकुल जर्गा मगर, चखली विक लगायत रहेका छन् । नव प्रवेशीहरुलाई माओवादी केन्द्र महाभारत गाउँपालिकाका इन्चार्ज सुजन लामा, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा लगायतले स्वागत गरे ।
नवप्रवेशीहरुले महाभारतको विकास माओवादीबाट मात्रै सम्भव भएको र एमाले कांग्रेस विकासप्रमी पार्टी नभएको समेत बताए ।