काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा पुनःस्थापनाको कुनै सम्भावना नरहेको दाबी गरेका छन्।

शनिबार बिहान संखुवासभाको खाँदबारीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अब निर्वाचनको विकल्प नभएको धारणा राखेका हुन्।

यस क्रममा प्रचण्डले प्रतिनिधि सभा निर्वाचन तोकिएकै मिति फागुन २१ गते यही सरकारले सम्पन्न गराउने दाबी पनि गरे।

‘निर्वाचनको सम्पूर्ण प्रक्रिया अघि बढिसकेको छ’, उनले भने, ‘अब चुनाव रोकिने कुनै आधार छैन।’

संविधान संशोधनबारे उनले निर्वाचनपछि पहिचानका सवाल, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था तथा वर्तमान निर्वाचन प्रणालीसँग सम्बन्धित विषयमा आवश्यक परिमार्जन गरिने बताए।

उनले भने, ‘निर्वाचनपछि प्राप्त जनमतका आधारमा संविधानलाई अझ परिष्कृत र व्यावहारिक बनाइनेछ।’

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय