काठमाडौँ । मोरङको लेटाङमा महिला प्रहरीको हत्या आरोपमा एक महिलासहित २० जना पक्राउ परेका छन्।
पहिलो चरणमा ९ र पछि थप ११ जना गरी प्रहरीले मोरङ अदालतमा २० जनालाई ‘कर्तव्य ज्यान मुद्दामा’ म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ अदालतले जनाएको छ ।
चैत ६ गते मोरङको लेटाङमा प्रहरी र स्थानीयवासीको झडप हुँदा प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको हत्या भएको थियो ।
सोही घटनामा संलग्न भएको लेटाङ नगरपालिका ५ का ४८ वर्षीय चन्द्र तामाङ भन्ने चन्द्र कान्ता लामा, सोही ठाउँका २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, ६ का १८ वर्षीय बलराम भन्ने पालाराम राई, सोही वडाका १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ, लेटाङ ५ का २३ वर्षीय प्रदिप राई, सोही वडाकी १८ वर्षीय निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी, १९ वर्षीय संजय मगर रहेका छन् ।
यस्तै, मिक्लाजुङ गाउँपालिका २ घर भइ लेटाङ ५ का २० वर्षीय कृष्ण विक, लेटाङ ५ का संजीव प्रधान, प्रनिस कट्टेल, झविन भन्ने जस्वीन पाख्रिन, सनिल लिम्बु, प्रलाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ ६ का श्रवण यादवलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान गर्दै हत्यामा संलग्नलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसिले घटनाको अनुसन्धान भइरहेको र अहिलेसम्म २० जनालाई पक्राउ गरिएको जानकारी दिए ।
महिला प्रहरीको ज्यानै जाने गरी भएको लेटाङ घटनाको अनुसन्धानको लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइवी०, १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली परिचालन भएको छ ।
प्रहरीले यस घटनामा संलग्नलाई पक्राउ गरि घटनाको अनुसन्धान गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । अहिले यस घटनाको अनुसन्धान गर्न मोरङ प्रहरीका डिएसपी मन्जिल मुकारुङ सहितका प्रहरीका अधिकारीहरूले अनुसन्धान गर्दै आएको छ ।
यस घटनाको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा प्रदेश प्रहरी कार्यालयले पाँच सदस्यीय छानविन समिति गठन गरेर छानविन पनि सुरु गरेको छ । समाचार थाहा खबरको लागि सुजाता लिम्बुले लेखिएको छ ।