काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज वार्ता भएको छ । दुई नेताबीच जेनजी आन्दोलनपछि सम्भवतः यो पहिलो द्धिपक्षीय भेट हो ।ओली र प्रचण्डबीच ललितपुरमा वार्ता,सरकारले चुनावी वातावरण नबनाएको समीक्षा
ललितपुरस्थित एमाले कार्यालय च्यासलनजिकै एक घरमा दुई नेताबीच सौहाद्र छलफल भएको छ । सरकारले चुनावको वातावरण बनाउनुको साटो दल र शीर्ष नेताको मानमर्दन गरेको दुवै नेताले समीक्षा गरेका छन् ।


नेकपा संयोजक प्रचण्डको सचिवालयका प्रमुख गोविन्द आचार्यले समसामयिक विषयमा दुई नेताबीच गहन छलफल भएको बताए । आसन्न निर्वाचनको वातावरण बनाउने,राष्ट्रिय सभा निर्वाचनमा सहकार्यको सम्भावना र सरकारले चुनावको वातावरण बनाउन नसकेको विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेको बताइएको छ ।
प्रचण्डले आज दिल्ली जानुअघि ओलीसँग भेटवार्ता गरेका हुन् ।










