काभ्रेपलाञ्चोक । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेशका नेता इन्द्र बहादुर थिङ (छिन्ताङ)ले अहिलेको राजनीतिक घटनाक्रमलाई सङ्केत गर्दै नयाँ भन्दैमा सबै राम्रा, पुराना भन्दैमा सबै नराम्रा हुँदैनन, सामाजिक संजालमा देखिएको भाइरलवाद र लोकप्रियबादबाट होइन, पार्टी वा ब्यक्ति सही छ कि गलत छ भन्ने कुरा उसले लिएको नीति ,सिद्धान्त ,बिचार र दृष्टिकोणबाट निर्धारण हुने टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गरेका नेता थिङले नयाँ भन्दैमा सबै राम्रा, पुराना भन्दैमा सबै नराम्रा हुँदैनन । राम्रो र नराम्रो बस्तुमा अन्तर्निहित गुणमा निर्भर हुन्छ । पार्टी वा ब्यक्ति सही छ कि गलत छ भन्ने कुरा उसले लिएको नीति ,सिद्धान्त ,बिचार र दृष्टिकोणबाट निर्धारण हुन्छ।


सामाजिक संजालमा देखिएको भाइरलवाद र लोकप्रियबादबाट होइन । चम्किने बस्तु सबै हिरा हुदैनन् । भर्खरै उमृदै गरेको भए पनि बिषको बोटले बिषै दिने हो भनि थिङले टिप्पणी गरेका छन् ।











