काभ्रे । पूर्व सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल प्रसाद बाँसकोटाले देशलाई पछाडि धकेल्ने कुरामा नेकपा एमाले सहमत हुन नसक्ने बताएका छन् ।

बनेपा नगरपालिकाको ४१ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो ठाउँ, पालिका, जिल्ला र समग्र देश निर्माण गर्दै दुनियाँको सामु एक साथ सँग–सँगै अगाडी बढ्न चाहेको बताए । आगामी निर्वाचन जनादेश र परमादेशबीचको भीषण संघर्ष भएकाले लडाइँमा जनादेशले विजय प्राप्त गर्ने उनको दाबी छ ।

यस्तै, नगरको स्थापना दिवसको अवसरमा बनेपाका ४, ५, १०, ११ र १४ वडालाई बालमैत्री वडाकारुपमा सम्मानित गरिँदै बनेपालाई बालमैत्री उन्मुख नगर गरिएको थियो । बनेपालाई बालमैत्री उन्मुख नगर घोषणा गर्दै पूर्व मन्त्री बास्कोटाले समृद्ध नगर निर्माणमा जोड दिनुपर्ने बताएका छन् ।

यस्तै, नगर प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठले बनेपा नगरपालिका भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थाबाट फराकिलो भएकाले पनि स्मार्ट सिटीका रूपमा नगरपालिकाले कार्य गरिरहेको बताए । कार्यक्रममा बनेपाको पदक तथा सम्मान स्थापना तथा वितरण कार्यविधी २०७७ बमोजिम स्थापित बनेपा सेवा पदक, दीर्घ सेवा पदक तथा बनेपा तारा पदकद्वारा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय