भक्तपुर । घरायसी विवादको क्रममा श्रीमतीको हत्या गरेको आराेपमा श्रीमान पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-३ वंशगोपाल डेगोमना डेरा गरी बस्ने काभ्रे तेमाल गाउँपालिका-९ घर भएका ३७ वर्षीय लनाम तामाङ रहेका छन् ।


तामाङले श्रीमती ३८ वर्षीया लाल माया तामाङको हत्या गरेको अभियोगमा बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
लनामले वादविवादको क्रममा सिलौटो प्रहार गर्दा लाल मायाको मृत्यु भएको थियो । प्रहरीले तामाङलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










