काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएका बालेन्द्र साह रास्वपा कार्यालय पुगेका छन् । राजीनामा दिएलगत्तै उनी बनस्थलीस्थित रास्वपा कार्यालयमा पहिलोपटक इन्ट्री भएका हुन् ।
बालेनलाई स्वागत गर्न रास्वपा कार्यकर्ताहरूले लामो प्रतीक्षा गर्नुपरेको थियो । एक बजे आउने पूर्वनिर्धारित कार्यक्रम भए पनि बालेन पौने ४ बजे मात्रै आइपुगे । बालेन आउने भनेपछि १२ बजेदेखि नै कार्यालयबाहिर भिड जम्मा भएको थियो ।


बालेन आउँदा रास्वपा कार्यकर्ताले नारावाजी र हुटिङ गरेका थिए । भिड छिचोलेर कार्यालयभित्र पस्न उनलाई धौ धौ परेको थियो ।










