काभ्रे । काभ्रेको डाँडापारिस्थित् महाभारत गाउँपालिकामा नेपाली कांग्रेसको ‘घर घर जाऔ, कांग्रेस जिताऔँ’ अभियान शुभारम्भ भएको छ । सोमबार महाभारत–२ वडा कार्यसमितिले एक कार्यक्रमबिच अभियान शुभारम्भ गरेको हो ।

कांग्रेस निकट तरुण दल बागमती प्रदेश विभाग सदस्य तथा प्रदेश प्रतिनिधि विकास योन्जनले स्थानीय तहको चुनाव केन्द्रित गरी अभियान सुरु गरेको जानकारी दिए । उनले महाभारतमा कांग्रेसले बाजी मार्ने दाबी गरे ।

केही समयअघि केन्द्रिय स्तरतका नेता ल्याएर बनेपामा कार्यक्रम गरी काभ्रेमा ‘घर घर जाऔ, कांग्रेस जिताऔँ’ शुभारम्भ गरेको थियो ।

अभियान निर्वाचिन सम्पन्न नहुन्जेल निरन्तर सञ्चालन हुने कांग्रेस वडा कार्यसमितिले जनाइएको छ । कार्यक्रममा स्थानीयत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय