काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर–५ मा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ । दुई समूहको र्‍याली दमकको आकाशे पुलनजिक भेट भएपछि मंगलबार (माघ ६) दिउँसो केही बेर तनाव भएको हो ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच प्रतिस्पर्धा हुँदै छ । झापा–५ बाट उनीहरू प्रतिस्पर्धा गर्दै छन् ।

दुई समूहबीच केही बेर तनाव भएको र अहिले अवस्था सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय