काठमाडौँ । नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा) को आगामी १७ गते हुने निर्वाचनका लागि रमेश थापा समूहले प्यानलसहित उम्मेदवारी घोषणा गरेको छ ।

थापा नेतृत्वको प्यानलले मंगलबार एलिस रिसेप्सनमा विशेष पत्रकार सम्मेलन गरी चैत १७ गते हुन लागेको ५५ औँ वार्षिक साधारणसभा एवम् २३ औँ निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा प्रमोद दाहाल, उपाध्यक्षमा वरुण मेहता, महासचिवमा कुमारमणि थपलिया, सचिवमा युविका भण्डारी, कोषाध्यक्षमा राजकुमार देवकोटा र सहकोषाध्यक्षमा राजा शाक्य उम्मेदवारको प्रत्यासी रहेको जानकारी दिएको हो । यस्तै, सदस्यमा ढकनाथ काफ्ले, नमराज भेटुवाल, परशुराम घिमिरे, रामशोभित नायक, डेन्डी शेर्पा, महेश कोइराला दीपक, श्रद्धा जोशी र सबला भण्डारीले उम्मेदवारी दिएका छन् ।

पर्यटन क्षेत्रमा क्रियाशिल व्यवसायीलाई एकताबद्ध गराउँदै नाटालाई नयाँ उचाईमा पुर्याउनका लागि उम्मेदवारी दिएको उनीहरुको दावी छ। नाट्टाका वर्तमान उपाध्यक्ष एवं हालका अध्यक्षका प्रत्यासी थापाले कोभिड महामारीपछिको पर्यटकीय पुनरुत्थान, समग्र व्यावसायिक समस्याको पहिचान, सम्बोधन र समाधानका लागि अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए ।

काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकीय नगरी पनौती, सुब्बागाउँमा जन्मीएका थापा मुनसन ट्राभल एण्ड टुर्सका संस्थापक हुन् । नाट्टा कार्यसमितिको सदस्य, सचिव र महासचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका उपाध्यक्ष थापाले पर्यटन प्याकेज बिक्री गर्दा लाग्ने भ्याट छुट गर्ने, दक्षिण एसियालाई हवाई कनेक्टिभिटी बढाउन पहल गर्ने, पेड होलिडेजको शीघ्र कार्यान्वयनका लागि पहल गर्ने आफ्नो योजना रहेको उनले बताए ।

आफ्नो समूहमा आदिवासी, महिला र भेगीय हिसाबले प्रतिनिधित्व हुने गरी उम्मेदवार तयारी गरिएको जानकारी दिदैं थापाले समूहले पर्यटन क्षेत्रमा क्रियाशील व्यवसायीलाई एकताबद्ध गराउँदै नाट्टालाई नयाँ उचाइमा पुर्‍याउनका लागि उम्मेदवारी दिएको जनाएको छ ।

थापाले पर्यटक सवारी साधनसम्बन्धी विद्यमान विभेदकारी यातायात ऐन संशोधनका लागि पहल गर्ने, पर्यटकीय पूर्वाधार विकासका लागि सरकारको लगानी बढाउने, कोभिड महामारी प्रभावित सदस्य कम्पनीलाई राहतस्वरुप आगामी पाँच वर्षसम्म कर छुटका लागि पहल गर्ने र पर्यटन उद्योगलाई राष्ट्रिय उद्योगका रूपमा मान्यता दिलाउन सरकारसँग पहल गर्ने बताए ।

रमेश थापाको प्यानलको उम्मेदवारहरु :

अध्यक्ष : रमेश थापा

बरिष्ठ उपाध्यक्ष : प्रमोद दाहाल

उपाध्यक्ष : वरुण मेहता

महासचिव :कुमारमणि थपलिया

सचिव : युविका भण्डारी

कोषाध्यक्ष : राजकुमार देवकोटा

सहकोषाध्यक्ष : राजन शाक्य

कार्यसमिति सदस्य :

ढकनाथ काफ्ले

नमराज भेटुवाल

परशुराम घिमिरे

डेन्डी शेर्पा

महेश कोइराला (दीपक)

राम शोभित नायक

श्रद्धा जोशी

सवला भण्डारी

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय