रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिकाले एकले अर्कालाई देखाएर आयव्यया सार्वजानिक गर्न अटेर गरेको बुझिएको छ । कर्मचारीदेखि जनप्रतिनिसम्मले अर्कोले जिम्मेवारी देखाएर जेसिवी (ब्याक हो लोडर)को आयव्याय सार्वजानिक गर्न आनाकानी गरिरहेका छन् ।

स्थानीय हिक्मत थिङले गाउँपालिकाले जेसिवीको आयव्याय सार्वजानिक गुर्नको सट्टा आनाकानी गरी ढाकछोप गर्न लागेको आरोप लगाए । उनले जनप्रतिनिधि र कर्मचारी एकले अर्कालाई देखाएर पन्छिन खोजेको समेत बताए ।

स्थानीय थिङ लगायतले गत २०७८ फागुनमा २० गते जेसीवीमा अनियमितता भएको र ढिलाई गरी विवरण लुकाउन खोजिएको भन्दै यथाशिघ्र आयाव्याय सार्वजनिक गर्न निददन पेश गरेका थिए । यसअघि पनि पटक–पटक मौखिक रुपमा पनि विवरण सार्वजनिक गर्न अनुरोध गरेको उनीहरुको भनाई छ ।

‘यसविषयमा बुझ्न खोज्दा प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले जेसिवी आयव्याव बारे आफुलाई थाहा नभएको बताउँदै प्राविधिक शाखामा बुझ्न भनेको थियो’, उनले भने, ‘तर प्राविधिक शाखा तथा डोजर संचालनको सदस्य सचिव सव–ईन्जिनियरले ४/५ दिनमै सार्वजनिक हुन्छ भनिए पनि हालसम्म भएको छैन ।’

स्थानीय थिङले सव–इन्जिनियरले भनेअनुसार सार्वजनिक नभएपछि पुनः बुझ्न जाँदा कहिले वडा अध्यक्षलाई सोध्नु भन्ने त कहिले मिटिङ बसेर मात्र हुन्छ भनेर पन्छिन खोजेको बताए ।

स्थानीय थिङले गाउँपालिकाबाट जनतालाई दुख दिने प्रयत्न रहेको बताए । केहि समय अगाडि गाउँपालिकाले जेसिवी भाडामा दिने निर्णय गरि बिज्ञापन समेत निकालिएको थियो ।

स्थानीय थिङले एक हप्ताभित्र उपलब्ध विवरण सार्वजनिक नभए चुनावमा जिताउन जुन खालको कसरत थियो त्यहि कसरतले जनसागर उतारी सडकबाटै प्रष्ट पार्ने चेतावनी समेत दिएको छ ।

उनका अनुसार प्राविधिकले जति बेला पनि बैठक र ४/५ दिन भन्दै लाग्ने भन्दै छल्न खोजिएको छ । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले सरकारी प्रकृयाहरु तोकिएको समयमा पुरा हुन नसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय