काभ्रे । सरकारले ल्याएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम’ (लर्निङ बाइ अर्निङ) का लागि काभ्रेको दुई विद्यालयमा छनोटमा परेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले ‘पढ्दै–कमाउँदै’ कार्यक्रम जोडदिएसँगै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बुधबार सूचना जारी गर्दै निर्देशक समितिको बैठकले काभ्रेको महाभारत गाउँपालिकास्थित् रहेको गोकुले माध्यमिक विद्यालय र नमोबुद्धस्थित् मेथिनकोटको जनक माविलाई छनोट गरेको हो ।

कार्यविधि अनुसार छनोट भएका गोकुले माविका विद्यार्थीले वन तथा वातावरण, निर्माण र जनक माविले अटोमोबाइल, व्यावसायिक कीट (मौरीपालन, च्याउ खेती र रेसम खेती) कार्यक्रम सञ्चालन गर्न सशर्त अनुदान पाउने छन् ।
यो कार्यक्रमका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै ‘पढ्दै कमाउँदै कार्यक्रम’ सञ्चालन कार्यविधि २०७८ गत पुस २७ गते जारी गरेको थियो । विकास केन्द्रले यो कार्यक्रम सञ्चालन गर्न सामुदायिक विद्यालयसँग प्रस्ताव माग गरेको थियो ।

देशभर एक सय ४० सामुदायिक विद्यालय छनोट भएका छन् । कार्यक्रम सञ्चालनका लागि ७० जिल्लाबाट मात्रै आवेदन परेको थियो । प्रत्येक जिललाबाट कम्तीमा एक विद्यालय अनिवार्य र बढीमा पाँच वटा विद्यालय छनोट गरिएको केन्द्रले जनाइएको छ ।

अर्थमन्त्री शर्माको घोषणाले सर्थकता पाउँदै
अर्थमन्त्री जनार्दनको ‘पढ्दै कमाउँदै कार्यक्रम’ सबै प्रदेशका केही विद्यालयमा नमुनाका रूपमा सुरुवात गर्ने गरी गरिएको घोषणाले यतिवेला सर्थकता पाएका छन् ।

शर्माले गत भदौमा अर्थमन्त्री शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसद्मा पेश गर्दै प्राविधिक विधामा अध्ययन गर्ने कक्षा–१२ सम्मका विद्यार्थीलाई ‘पढ्दै कमाउँदै कार्यक्रम’ सबै प्रदेशका केही विद्यालयमा नमुनाका रूपमा सुरुवात गरिने घोषणा गरेका थिए ।

यी विद्यार्थीले पाउने छन् अवसर
मानवस्रोत विकास केन्द्रका सूचना अधिकारी दाहालका अनुसार कक्षा १२ सम्म पढ्नेले पाउने भए पनि मुख्य प्राथमिकता कक्षा ९–१२ लाई दिइने छ । छनोट भएका विद्यालयले मात्र कार्यक्रम सञ्चालन गर्न पाउने छन् ।

उनका अनुसार यो कार्यक्रमका लागि सरकारले १४ करोड बजेट विनियोजन गरेको छ । उनले सबै परियोजना छनोट भएपछि मात्र विद्यार्थीले पाउने अनुदान तोकिने बताए ।

विद्यालय छनोट भएपछि त्यहाँका विद्यार्थीले आफू संलग्न हुने व्यावसायिक परियोजना कार्यको प्रतिवेदन तयार पारी विद्यालयमा पेश गर्नुपर्ने छ । प्रतिवेदन पारित भएपछि विद्यार्थीले अनुदान पाउने केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय