काभ्रेपलान्चोक । काभ्रेको नाला छापमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु भएका छन् ।
नाला छापको एउटा प्लानिङकाे पर्खाल लगाउने ठाउँमा शुक्रबार साँझ ५ बजे माटाको ढिस्काे खसेर पुरिँदा चौरी देउराली गाउँपालिका–३ सलम्बुका ग्याम्दान ठुला तामाङ (बसमान ) र राेशि गाउँपालिका-६ सिपालिकाे चतुर लामा घटनास्थलमै मृत्युु भएको हो ।
उनिहरु नाला छापामा बसेर ज्याला मजदुरी गर्दै आएको थियो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।