काभ्रे । काभ्रेको डाँडापारी खानीखोला गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको शाखा गठन भएको छ । शनिबार विभिन्न सञ्चार मध्यममा आवद्ध पत्रकारहरुको भेलाले नयाँ कमिटीको गठन गरेको हो ।
विजय जिम्बाको अध्यक्षतामा गठित कमिटीको उपाध्यक्षमा भक्तबहादुर स्याङ्तान, सन्दिप बल, सचिवमा देश भक्त रुम्बा, सह–सचिवमा समिक्षा अधिकारी र कोषाध्यक्षमा सलन मगर निर्विरोध चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा विपिन दाहाल, अनिल जिम्बा, सन्जिव बजु, दिनेशबहादुर थिङ (चर्चित), कान्छामान स्याङतान, जीवन घिसिङ, भिमबहादुर थोकर, ज्ञानबहादुर थिङ (मिसन), विक्रम मगर, चन्द्र बहादुर गोले, आइतेसिं गोले, रुप बहादुर थिङ सहित १९ सदस्यीय कमिटी गठन गरेको छ । जसमा एक जना सदस्य भने पछि मनोनित गरिने छ ।
भेलाले प्रचारप्रसार संयोजकमा चन्दबहादुर गोलेलाई चयन गरिएको छ । भेला प्रेस सेन्टर काभ्रेको कोषाध्यक्ष तथा खानीखोलाका इन्चार्ज इकमान लामाको अध्यक्षमा सम्पन्न भएको हो ।
भेलामा नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य तथा बागमती प्रदेशका सह–इन्चार्ज नारायाण दाहाल, केन्द्रिय सदस्य एवं काभ्रेका इन्चार्ज सुर्यमान दोङ (लालध्वज), बागमती प्रदेशका सचिव इन्द्रबहादुर थिङ, बागमती प्रदेश सचिवलय सदस्य तथा जिल्ला समन्वय समिति काभ्रेका सचिव दैवलाल घिसिङ (अनुशिल), महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा (संसार), माओवादी केन्द्र बागमती प्रदेश परिषद् सदस्य तथा खानीखोलाका अध्यक्ष अविरल जिम्बा, प्रेस सेन्दरका केन्द्रिय सदस्य बुद्ध लोप्चन, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, खानीखोलाका सचिव राजन अधिकारी, दावा घिसिङ, सागर जिम्बा लगायतका उपस्थिति रहेका थिए ।
वडा संयोजक चयन
प्रेस सेन्टर खानीखोला शाखाको भेला पश्चात बसिएको पहिलो बैठक समेत सम्पन्न भएको छ । बैठकले खानीखोलाका ७ वटै वडाका संयोजकहरु पनि चयन गरेका छन् ।
अध्यक्ष जिम्बाका अनुसार प्रेस सेन्टर खानीखोलाको पहिलो बैठकले वडा संयोजकहरु तोकिएको जानकारी दिए । ती हुन्,
खानीखोला–१ मा दिनेशबहादुर थिङ (चर्चित),
खानीखोला–२ मा ज्ञानबहादुर थिङ (मिसन),
खानीखोला–३ मा अनिल जिम्बा
खानीखोला–४ मा भिमबहादुर थोकर
खानीखोला–५ मा विपिन दाहाल
खानीखोला–६ मा सलन मगर
खानीखोला–७ मा विक्रम मगर
त्यस्तै बैठकले बैशाखको अन्तिम साता खानीखोलाका सबै वडामा पुग्ने निर्णय समेत गरेका छन् ।