काठमाडौँ । बिहीबारदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा व्यवस्था गरिएको आसनअनुसार नेकपाका संयोजक तथा संसदीय दलका नेता प्रचण्ड र एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा बादल सँगसँगै देखिएका छन् ।
सिंहदरबारमा जारी बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्र शाही र श्रम संस्कृति पार्टीका सांसद हर्क सांसद पनि सँगै रहेका छन् । ठाउँ सानो रहेकाले सांसदहरुलाई बस्ने ठाउँको व्यवस्था छासमिस बनाइएको हो ।












