काठमाडौं । स्वर्गीय गायिका योगिता मोक्तानको सम्झनामा ‘योगिता मोक्तान प्रतिभा पुरस्कार २०७८’ गायिका अन्जु लामा थोकरलाई प्रदान गरिएको छ।

नेपाल तामाङ कलाकार संघद्वारा शनिबार जोरपाटीस्थिति याङरिमा हिल सिटि होटलमा आयोजित तामाङ कलाकार संघका संस्थापक कोषाध्यक्ष समेत रहेकी स्व. मोक्तानको स्मृति सभामा गायिका लामालाई नगद पुरस्कार १५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै तामाङ लोकसेलो सम्राट चन्द्रकुुमार मोक्तानले संघले तामाङ समुदायमा गीतसंगीतका माध्यमबाट योगदान पुर्‍याएका व्यक्तिहरुलाई सम्झाएकोमा धन्यवाद व्यक्त गरेका थिए । यस्तै, संघका अध्यक्ष विश्व दोङले स्व. मोक्तानले तामाङ, नेपाली गीतसङ्गीत क्षेत्रमा गरेको योगदानको कदर गर्न कलाकार स्ंघको दायित्व रहेको भन्दै यसै वर्षबाट पुरस्कारको स्थापना समेत गरिएको बताए ।

रसुवा जिल्लाको स्याम्प्रु बेसीमा बुवा वीरबहादुर मोक्तान र आमा नीरा कुमारी गुरुङको कोखबाट विक्रम संवत् २०४० सालमा जन्मिएकी योगिता मोक्तान सांगीतिक क्षेत्रमा निकै चर्चा कमाउन सफल भएकी थिईन् । २०५५ सालबाट आफ्नो गायिका क्षेत्रमा सुरुवात गरेकी योगिताले छोटो समयमै आम दर्शकहरुको मन जित्न सफल भएकी थिइन् ।

देशमा सशस्त्र जनविद्रोह चलिरहेको बेला तत्कालीन द्वन्द्वकाल २०५८ सालमा योगिताको बुवालाई शाही नेपाली सेनाद्वारा निर्ममतापूर्वक हत्या गरेपछि स्व. मोक्तान सशस्त्र युद्धमा समेत होमिएका थिइन् । उनलाई जनवादी गायिकासमेत भनेर चिनिन्छ । २०६७ साल फागुन ५ गते गायिका मोक्तानले आत्महत्या गरेकी थिइन् । तामाङ सेलो , गीत सङ्गीतकी लोकप्रिय गायिका योगिता मोक्तानले विवाह बन्धनमा बाँधिएकी तीन महिनामा नै आत्महत्या गरेकी थिइन् ।

संघका महासचिव रोशन फ्युपाले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष विशाल काल्तनले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमका राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन बल, नेपाल तामाङ कलाकार संघका सल्लाहकार सञ्जिव वाइवा, गायक रोज मोक्तान, गायिका इन्दिरा योञ्जन, तम्वा संघका अध्यक्ष दावा वाङगेल, राष्ट्रिय तामाङ साँस्कृतिक घेदुङका अध्यक्ष अभिषेक तामाङ, स्व. गायिकाकी आमा निरा कुमारी गुरुङ लगायत विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेका थियो।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय