काभ्रे । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला अध्यक्ष टोक बहादुर वाइबाले एमालेमा व्यक्तिवादी हाबी हुँदै गएको र त्यसले लोकतन्त्र नै खतरा पर्ने सम्भावना देखिएकोले बिद्रोह गरेर छुट्टै नेकपा एकीकृत समाजबादी पार्टी बनाउनु परेको बताएका छन् ।
तेमाल गाउँपालिका पोखरी नारायणस्थानमा एकीकृत समाजवादीको पालिका स्तरीय कार्यालयको उदघाटन गर्दै अध्यक्ष वाइबाले जुन पार्टीमा व्यक्क्तिवादी हावी हुन्छ त्यो पार्टी लोकतान्त्रिक पार्टी हुन नसक्ने बताउँदै त्यस्तो कार्यको बिद्रोह गरेर बनेको एकीकृत समाजवादी पार्टीको भपवष्य उज्वल रहेको वताएका हुन् ।
यस्तै, केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला सह इन्चार्ज मुकुन्द गौतमले परिवर्तित अवस्थामा पार्टी र जनतालाई केन्द्रमा राखेर पार्टीका गतिविधी संचालन गरिने बताए । प्रभावकारी रूपमा राजनीतिक गतिविधि संचालन गर्नुका साथै सामाजिक कार्यक्रम सञ्चालन गर्ने, जनताका समस्यालाई केन्द्रमा राखेर अगाडि बढ्ने उनको धारणा छ।
जिल्ला कमिटी सचिव दिपक गौतम आगामी स्थानीय तहको चुनावमा पार्टीको सम्पूर्ण शक्तिलाई परिचालित गरेर पहिलो पार्टी बनाउन लागिपर्ने बताए । उनले ‘कलम हातमा, जनताको साथमा’ भन्ने नाराका साथ वस्ती वस्ती र टोल(टोलमा पुगेर एकिकृत समाजवादी पार्टी जिताउने कार्यक्रम संचालन गर्नुपर्ने समेत वताए । यसैगरी, उक्त पालिका स्तरीय भेलाबाट समाजवादीले तेमाल गाउँपालिका स्तरीय कमिटी समेत घोषणा गरिएकोे छ ।
जिल्ला कमिटी सचिवालय सदस्य एवं तेमाल गाउँपालिका कमिटी अध्यक्ष प्रदिप कुमार तामाङको अध्यक्षतामा भएको भेलामा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुदेश पराजुली, युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाह, तेमाल गाउँपालिका इन्चार्ज कुवाङ्छु लामा, अनेमसंघका जिल्ला अध्यक्ष पासाङ डोल्मा लामा, समाजवादीका बागमती प्रदेश सदस्य पाल्देन वाङच्यु लामा, हिरामान बल, जिल्ला कमिटी सदस्य पाल्साङ लामा, दमै सिंह तामाङ, दोर्जे तामाङ, धिरेन तामाङ लगायतको सहभागीता रहेको थियो ।
यसैगरी, भेलाले युवा संघ नेपाल र अखिल नेपाल महिला संघको पालिका स्तरीय कमिटी पनि समेत गठन गरिएको छ । विभिन्न पार्टी परित्याग गरि दर्जनौंको संख्यामा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । भेला सकिए लगतै तेमालका बागमती प्रदेश सदस्यहरु जिल्ला कमिटी सदस्यहरु बैठकबसि आगामी चुनावमा जानका लागि ३२७ निर्वाचन पारिचालन समिती बनाएका छन् ।