जीवन तामाङ

काभ्रे । बेथानचोक गाउँपालिका वडा नं. ४ निवासि लिला बहादुर स्याङतन भुमि माता माविमा शिक्षक पेसालाई छोडेर डम्फु बनाउने पेसामा लाग्नु भएको छ । कुनै बेला आफु गाउँको बिहेमा जाँदा त्याहाँ ग्याल्टिन बजाएर गितगाई नचिरहेको देखेर आफुले आफ्नो सँस्कृति डम्फु लोप हुन लागेको देखेर आफु डम्फु बनाउने पेसामा लागेकोे स्याङतनले भन्नु भएको छ ।

डम्फू हाम्रो चिनारीसँग जोडिएको सँस्कृतिक बाजा हो । ठेट तामाङ भाषामा यसको नाम डाम्बा भएपनि डम्फू यसको नेपालीकरण भएको नाम हो । डम्फूको आकार गोलो हुन्छ । अनुमानित एक हातको गोलाकार डम्फु काठको घेराको एकापट्टी भेडा(बाख्राको छालाले बेरेर खील मारेको हुन्छ । अर्कापट्टी खुला रहन्छ । यो देब्रे हातले समाती दाहिने हातका औंलाले पिटेर बजाउने बाजा हो । प्राचीनकालमा पेङ दोर्जेले आफ्नो प्रेमिकालाई खुसी बनाउनका लागि कोइरालोको रूखको घेरामा मृगको छालाले मोडेर ३२ किला ठोकेर डम्फुमा बनाएका हुन भन्ने किंवदन्ती तामाङ समाजमा प्रचलित छ । त्यसैले हरेक डम्फुमा बाँसलाई चिरेर बनाएको सानो सानो ३२ किला ठोकेमा मात्र राम्रो स्वर दिन्छ स लिला बहादुर स्याङतनले बताउनु भयो ।

सुरुमा आफुले आफ्नै घरमा ९० हजार लगानी गरि डम्फु बनााउने कारखान खोलेको थियो । भने अहिले यसबाट राम्रो आम्दानी भै रहेको छ । र अहिले आफुले अहिले १ जना कामदार राखि रोजगारि दिई रहेको छ । र शिक्षक पेसाले भन्दा यो डम्फmु बनाउने पेसामा आफु धेरै खुसि रहेको पनि बताउनु भयो । यो डम्फु बनाउने पेसामा आफ्नो घरको काम पनि भ्याउने र आफ्नो काम परेको जुनसुकै बेला जान पनि सकिने र अरुको गालिगलौज पनि नभएको कारणले आफ्नो डम्फु बानाउने पेसामा खुसि रहेको बताएको छ । अहिले आफ्नो कारखानामा डम्फु,खैजडि,झाक्र्रि डयाङग्रो,थुर्पि,र साना–साना ठेकिहरु निर्माण गरिन्छ ।
डम्फुको माग विशेस गरि पुर्वा, ईलाम, झापा ,मोराङबाट धेरै नै आउने गरेको छ । र काठमाण्डौ काभ्रेमा डम्फुको माग अलि न्युन नै रहेको स्याङतनले बताएको छ । काभ्रे काठमाण्डौमा डम्फुको बजारीकरण राम्रो हुने हो भने आफु विर्कि्रको लागि धेरै टाढा–टाढा जानु पर्दैन थियो ।
डम्फुको माग बजारमा अहिले दिनानु दिन बढि रहेको छ । यो पेशा प्रर्तिस्पर्दामा नरहेको कारणले यो पेशा धेरै नै राम्रो रहेको छ र आफुले निर्माण गरेको डम्फुको विक्र्रि २५००÷३००० सम्मामा गर्ने गरेको र झाक्र्रि डयाङग्रोको ६५०० मा विक्र्रि गरि रहेको वताएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय