काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन् ।

आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीति सुधार गर्ने रहेको बताएका हुन् ।

उनले सरकारको सुशासन अभियानमा साथ दिन उद्योगी व्यवसायीहरूलाई आग्रह गरे ।

उनले सरकार उद्योगी व्यवसायीहरूसँग सहकार्य गरेर नै अगाडि बढ्न चाहेका बताए । तर अर्थतन्त्रलाई कमजोर बनाउने गतिविधिहरूमा राज्यले कडाइका साथ निगरानी राख्ने उनको भनाइ छ ।

विगतमा राजनीतिक अस्थिरता र परिवेशका कारण व्यवसायीहरू विभिन्न शक्तिकेन्द्रको दबाबमा परेका घटनाहरूलाई सरकारले राम्रोसँग बुझेको उनले बताए । उनले अब अवस्था नदोहोरिनेमा ढुक्क हुन आग्रह गरे। सरकार सरकारले उधोगी व्यवसायीलाई नीतिले नै सुरक्षा दिने उनको भनाइ छ ।

उनले भने, ‘तपाईंहरूको मनोबल अलिकति के भएको हो ? कस्तो भएको हो, अलिकति डर त्रास देखिएको भन्ने सुनेको कारणले तपाईंहरूसँग बसेर छलफल गर्न खोजेको हो । तपाईंहरू अलिकति पनि चिन्ता मान्न पर्दैन । यो सुशासनको एजेन्डालाई अलिकति द्रुत गतिमा अगाडि बढाउनका लागि केही प्रश्नहरू तपाईंसम्म आइपुगेछ भने त्यसलाई यहाँहरूले सहज रूपमा लिइदिनुहोला । तर हामी मिलेर नै काम गर्ने हो । सरकारको कुनै व्यवसायीलाई हतोत्साही बनाएर, उसको व्यवसायलाई धराशायी बनाएर जाने कुनै पनि उद्देश्य छैन ।’

उनले अगाडि भने, ‘कुनै पनि किसिमको डर कायम राख्न जरुरी छैन । तर कतिपय स्टेपहरू यसरी चालिएको छ, यो इकोनोमीलाई नै कोल्याप्स पार्नेगरी संस्थाहरूलाई क्याप्चर गरेर हरेक ठाउँमा भएका विभिन्न गतिविधिलाई राज्यले निर्ममतापूर्वक हेर्नै पर्ला नि ! त्यो नगरL तपार्इंहर” कसरी सुरक्षित हुनुहुन्छ, अर्थतन्त्र कसरी सुरक्षित हुन्छ? कहिलेकाहीँ परिस्थितिले, कानुनले, अप्ठ्याराहरूले, राजनीतिक परिवेश र अस्थिर राजनीतिको सिकार बनेर तपाईंहरू बाध्य भएर कयौँ राजनीतिक दलका नेताको ढोका ढक्ढक्याउन बाध्य हुनुभएको छ । उनीहरूको स्वार्थ पूरा गरिदिँदा कहिलेकाहीँ तपाईहरूले मूल्य र मान्यताको सीमारेखाहरु पार गर्नुपरेको छ । त्यो हामीले बुझेका छौँ, बिर्सेका छैनौँ र बिर्सिदैनौँ पनि । अब तपाईहरू निर्धक्क हुनुहोला, चिन्ता गर्नुपर्ने आश्यकता छैन ।’

उनले वर्तमान सरकार चुनावमा आफूहरूले गरेको वाचापत्रको आधारमा नै सञ्चालन हुने बताए ।

जनताले वाचापत्र हेरेर नै भोट दिएको उल्लेख गर्दै उनले वाचापत्र भन्दा दायाँबायाँ नजाने दाबी गरे । उनले उद्योगी व्यवसायीलाई आफ्ना कमीकमजोरीलाई पनि मूल्याङ्कन गर्न आग्रह गरे।

आन्तरिक लेखापरीक्षण गर्न सुझाव दिँदै उनले विगतका कमजोरी सच्याउने प्रक्रियामा राज्यसँग सहकार्य गर्न आग्रह गरे ।

नीतिगत सुधार, सुशासन र आर्थिक सुधार नै वर्तमान सरकारको मुख्य लक्ष्य रहेको उनको भनाए छ ।

उनले आर्थिक सुधारका लागि गरिने कानुन कार्यान्वयनका क्रममा आवश्यक सहयोग गर्न व्यवसायीहरू तयार हुनुपर्नेमा जोड दिए ।

उनले विगतमा जस्तो उद्योगी व्यवसायीहरू समस्या लिएर नेताको घरघरमा पुग्न नपर्ने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय