काभ्रेपलाञ्चोक । आगामी चैत २८ गतेदेखि सुरु हुने ऐतिहासिक हरसिद्धि जात्राको तयारी तीव्र पारिएको छ । साठी वर्षदेखि पनौतीमा मनाउन थालिएको उक्त जात्रा विविध कारणले निरन्तरता दिन सकिएको थिएन ।

आगामी चैत २८ गतेदेखि २०७९ वैशाख १ गतेसम्म जात्रा सञ्चालन गर्ने तयारी भइरहेको हरसिद्धि जात्रा व्यवस्थापन समितिका संयोजक सुरेश सैँजूले बताए । जात्रा सहज ढङ्गले सञ्चालन गर्नका लागि सैँजूको अध्यक्षतामा समिति गठन गरिएको छ । विसं २०६६ देखि जनसहभागिताबाट रकम सङ्कलन गरी भव्यरूपमा जात्रा सञ्चालन गरिँदै आएको छ । अब कोष स्थापना गरी जात्रा सञ्चालन गरिने संयोजक सैँजूको भनाइ छ ।

विसं २०६६ मा जात्रा आयोजना गर्न रु पाँच लाख खर्च भएको थियो । यसपटक रु १६ लाख खर्च हुने अनुमान गरिएको छ । जात्राका लागि पनौती नगरपालिकाले रु १५ लाख सहयोग गरेको छ ।

चैत्र २८ गते ललितपुरको हरसिद्धीबाट देवगण नाच देखाउने तालिम प्राप्ता युवाहरु सहितको १ सय भन्दा धेरै पनौतीमा हरसिद्धी नाचको लागि आउने संयोजक सैजुले जानकारी दिए। पहिलो दिन पनौती आउने देवगणसहितलाई स्वागत गर्ने, दोस्रो र तेस्रो दिन चैत २९ र ३० गते पनौतीको मुख्य बजारमा रहेको हरसिद्धी डबली, मुख्य बजारमा नाच प्रर्दशन गरिने उनको भनाई छ। यस्तै वैशाख १ गते विधिवतरुपमा पनौतीबाट हरसिद्धी देवघरमा पूजापश्चात जात्रा सम्पन्न हुने छ ।

त्रिशक्ति हरसिद्धिको पनौतीमा बास बसुञ्जेल अन्य बाजा बजाउन नहुने र पूजामा कुखुराको मासु, अण्डा र लसुन मनाही गरिएको छ । करिब दुई हजार वर्ष पहिले हरसिद्धि नाच राजा विक्रमादित्यद्वारा सुरु गरिएको मानिन्छ । जात्रा ललितपुरको हरिसिद्धि गाउँस्थित महाजनहरूको विशेष तान्त्रिक विधिबाट चल्दै आएको छ ।

हरसिद्धि गाउँबाट बाहिर भने १२ वर्षमा एक पटक मात्र जात्रा लाग्छ । पूर्वमा नमोबुद्ध भगवान्, पश्चिममा फूलचोकी माई, उत्तरमा धनेश्वर महादेव र दक्षिणमा नारायणस्थानले घेरिएको पनौती उपत्यका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले भिन्न पहिचान भएको नगर हो ।

यसअघि नै ललितपुरको हरिसिद्धिबाट आएका देवगण ४ दिन धुलिखेलमा बसेर नाच प्रर्दशन गरिसकेका छन् । धुलिखेलमा देवजू परिवारले जात्रा सञ्चालन गर्दै आएको छ । आर्थिक अभावका कारण ६० वर्षपछि २०६६ सालमा पनौतीमा भने पुनः सुरु भएको हरिसिद्धी जात्रा दोस्रो पटक हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय