महाभारत ,काभ्रे । देश तथा विदेशमा रहेका सहयोगी मनहरूले काभ्रेका मृगौला तथा मुटु रोगबाट ग्रसित एक बिरामीलाई आर्थिक सहयोग गरेका छन् । आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहेका हर्कदास श्रेष्ठको उपचारका लागि कुल ९५ हजार ९ सय ९५ रुपैयाँ संकलन गरी हस्तान्तरण गरिएको हो ।

काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका १ गोकुले निवासी श्रेष्ठ मृगौला तथा मुटु रोगबाट पीडित छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा कठिनाइ भइरहेको अवस्थामा समाचार सार्वजनिक भएपछि विभिन्न सहयोगी हातहरू जुटेका हुन् ।

ग्लोबल खबरमा आर्थिक सहयोगसम्बन्धी समाचार प्रकाशित भएपछि देश तथा विदेशमा रहेका सहयोगीहरू तथा भैरव माध्यमिक विद्यालय का प्रधानाध्यापक पूर्ण दास श्रेष्ठ को विशेष पहलमा रकम संकलन गरिएको बताइएको छ ।

सहयोग गर्नेहरूमा भिमनाथ योन्जन, मिना कर्माचार्य, मेनुका मगर, चन्द्र कुमार श्रेष्ठ, प्रेमलाल श्रेष्ठ, नाराणदास श्रेष्ठ, निर्मला श्रेष्ठ, कुलबहादुर श्रेष्ठ, ङेमसाङ योन्जन, दमोदर श्रेष्ठ, दिल कुमार दुलाल, अपिल महर्जन, दिल कुमार श्रेष्ठ, लक्ष्मी प्रधान, ढकल राना, राजेश श्रेष्ठ, करुणा पाख्रिन, मन्ज थोकर, मुस्कान मोक्तान, रेखा दोङ, भक्तबहादुर श्रेष्ठ, रुपा हुमागाईं, नविन श्रेष्ठ, सन्तोष श्रेष्ठ, विजय चौधरी, सरिता श्रेष्ठ, विछोड जिम्बा, अस्मिता घलान, पदमप्रसाद तिमल्सिना, केशरबहादुर योन्जन, दिपक राना, हेमबहादुर आलेलगायत रहेका छन् ।

त्यसैगरी भिमबहादुर आले, मोहनलाल श्रेष्ठ, अनिता सापकोटा, सन्जिव चौधरी, सुमन अधिकारी, उपेन्द्र जिम्बा, फुलकुमारी योन्जन, निर्दोष खनाल, विचारमान मोक्तान, आयुस्मा दर्लामी, सुजन श्रेष्ठ, केशरीमाया बल, माया कर्माचार्य र सनमाया मोक्तानले समेत आर्थिक सहयोग गरेका छन् ।

हाल श्रेष्ठको उपचार पाटन अस्पताल मा भइरहेको छ । उनले आफ्नो थप उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन्

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय