विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्य र बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दल रोजेर नेकपा एकीकृत समाजवादीमा आए मुख्यमन्त्री पद कायमै राखिने उक्त पार्टीकी केन्द्रीय सदस्य तथा नेतृ रामकुमारी झाँक्रीले बताएकी छन् ।

शनिबार विराटनगरमा सञ्चारकर्मीसँग दल रोज्ने समय २२ भदौसम्म रहेको र उक्त समयभित्र नेकपा (एस) मा आए दुवै जनाको मुख्यमन्त्री पद कायमै राखिने उनले बताइन् ।

उनले भनिन्, ‘भदौ २२ गतेसम्म दल छान्ने अधिकार छ उहाँहरू आउनुभयो भने विश्वासको मत दिलाउन हामी आफैं खट्ने छौं । एमालेमै फर्किएको अवस्थामा उहाँहरूले विश्वासको मत लिनुपर्ने हुन्छ। सरकार अल्पमतमा पर्छ, त्यसकारण त्यो प्रकृयाबाट नै नयाँ बाटो सुरु हुन्छ ।’

नेतृ झाँक्रीले सरकार विस्तारमा ढिलाइ नभएको पनि बताएका छन् । साथै, सरकार विस्तार प्रभावकारी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई भनिसकिएको र नेकपा (एस)ले सरकार गठनमा कुनै अप्ठ्यारो नपारेको पनि उनले बताइन् ।

साथै, सरकारमा जाने विषयमा पार्टीमा कुनै छलफल नभएको पनि बताएकी छन् । निर्वाचन आयोगबाट दलको मान्यताप्राप्त भएसँगै अब सरकामा जाने ढोका खुला भएको पनि उनले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय