काठमाडौँ । अविरल वर्षा र प्राकृतिक विपत्तिका कारण मुलुकका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। आज बिहान ८ बजेसम्मको अद्यावधिक विवरण अनुसार बाढी र पहिरोका कारण केही सडक खण्डहरू पूर्ण रूपमा बन्द भएका छन् भने केही एकतर्फी मात्र सञ्चालनमा रहेका छन्।

काभ्रेपलाञ्चोक जिल्लाको खुरकोट–नेपालथोक–कटुञ्जेबेँसी सडक खण्डमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। गत वैशाख २२ गतेदेखि नै सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै वीपी राजमार्गको उक्त खण्ड बन्द गरिएको हो। सुरक्षाका कारण सो क्षेत्रमा सवारी साधन चलाउन अनुमति दिइएको छैन।

कोशी प्रदेशका दुई मुख्य राजमार्गहरूमा पनि अवरोध कायमै छ । भोजपुर नगरपालिका वडा नं. ५ बोखिममा वैशाख १२ गते आएको बाढीका कारण सडक अवरुद्ध भएको थियो। हाल उक्त स्थानमा वैकल्पिक बाटोको समेत व्यवस्था गरी सडक एकतर्फी रूपमा सुचारु गरिएको छ।

संखुवासभाको मकालु गाउँपालिका वडा नं‍. ३ नयाँ बस्तीमा वैशाख २३ गते खसेको पहिरोका कारण राजमार्ग प्रभावित भएको छ। अहिले सो स्थानमा पहिरो पन्छाएर बाटो एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय