काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सदनमा जनयुद्ध सम्झेर भावुक र नोस्टाजिल्क बनेका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकलाई पूर्वप्रधानमन्त्रीको हैसियतले सम्बोधन गरेको प्रचण्ड जनयुद्ध सम्झेर भावुक बने।

उनले भने, ‘बाहरिबाट हेर्दा यो भवन सिमेन्ट, इँट र फलामले बनेको छ तर यसको अन्तर्यमा हजारौँ सहिदको बलिदान रहेको छ। हरेक वर्ग, वर्ण, जाति, लिङ्ग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसद्का लागि हिजो हामीले बन्दुक उठायौँ, आन्दोलन गर्‍यौँ।’

उनले संसद् भवनको जग र जनयुद्धमा शहादत गरेका बलिदानले रङिएको बताए।

उनले थपे, ‘म इतिहासका ती सबै, सशस्त्र र शान्तिपूर्ण आन्दोलन एवं पछिल्लो जेनजी आन्दोलनसम्मका सहिद, बेपत्ता, घाइते योद्धा र अभियानकर्मीहरूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु।’

उनले पुराना नेता र पुराना पार्टीका नाममा एउटा गलत भाष्य बनेको भन्दै असन्तुष्टि जनाए। नयाँ र पुराना भन्ने भाष्यले परिवार, समाज र राजनीतिमा विभाजन मात्र ल्याउने बताए।

उनले सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएकोप्रति आपत्ति जनाए। सरकारको नीति तथा कार्यक्रममा मधेस, कर्णालीलाई नछोएको भन्दै सोच्न आग्रह गरे।

Final-CM-Speech-5.12.2026

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय