काभ्रेपलाञ्चोक । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले ठूलो र सानो भनेर भेदभाव नगरी मानवीय सम्मान गर्ने बानीको विकास गर्न सबैमा आग्रह गरेका छन् ।

पनौती नगरपालिका–५ श्रीखण्डपुरस्थित विन्ध्यावासिनी आध्यात्मिक प्रतिष्ठानले निर्माण गरेको विन्ध्यावासिनी मन्दिरको बुधवार उद्घाटन गर्दै अध्यक्ष तिमल्सिनाले समाजले साना, कमजोर र अशक्तलाई माया गर्ने संस्कार अझै विकास गर्न सकेको खण्डमा मात्रै जीवन सार्थक हुने भएकाले त्यसतर्फ ध्यान जान आवश्यक रहेको बताए । व्यक्तिगत स्वार्थका लागि जानेर कसैले गल्ति गर्न नहुने उनको आग्रह छ ।

अञ्जानमा गरेको गल्तीले माफी पाउनसक्ने भए पनि जानाजान गरेको गल्तीबाट कसैले माफी पाउन नसक्ने उनले बताए । अध्यक्ष तिमल्सिनाले निशेषानन्द महाराजले पवित्र ग्रन्थ श्रीमद्भागवत दिग्दर्शन पुस्तकको सरल भाषामा लेखनकार्य गरेर सह्रानीय काम गरेको बताएका छन् ।

कार्यक्रममा पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले पनौतीको वडा नं ५ मा निर्माण गरिरहेको विन्ध्यावासिनी मन्दिरको सम्पूर्ण जिम्मेवारी र रक्षाको काममा नगरपालिकाले जिम्मा लिने बताए।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय