महाभारत, काभ्रे । देश तथा विदेशमा रहेका सहयोगी मनहरूले काभ्रेका मृगौला तथा मुटु रोगबाट ग्रसित एक बिरामीलाई आर्थिक सहयोग गरेका छन् । आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहेका हर्कदास श्रेष्ठको उपचारका लागि पहिला ९५ हजार ९ सय ९५ रुपैयाँ गरि कुल ३ लाख १८ हजार ७ सय ९६ रुपैयाँ संकलन गरी हस्तान्तरण गरिएको हो ।
संकलित रकम आज भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्ण दास श्रेष्ठ, ग्लोबल खबरका प्रकाशक/सह–सम्पादक अमृत योन्जन, प्रधान सम्पादक/सञ्चालक मोतीलाल मोक्तान र समाजसेवी नारायणदास श्रेष्ठले हाल श्रेष्ठको उपचार भइरहेको पाटन अस्पतालमै पुगेर हस्तान्तरण गरेका हुन् ।


काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–१ गोकुले निवासी श्रेष्ठ मृगौला तथा मुटु रोगबाट पीडित छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा कठिनाइ भइरहेको अवस्थामा समाचार सार्वजनिक भएपछि विभिन्न सहयोगी हातहरू जुटेका हुन् ।
ग्लोबल खबरमा आर्थिक सहयोगसम्बन्धी समाचार प्रकाशित भएपछि देश तथा विदेशमा रहेका सहयोगीहरू तथा भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्ण दास श्रेष्ठको विशेष पहलमा रकम संकलन गरिएको बताइएको छ ।
सहयोग गर्नेहरूमा भिमनाथ योन्जन, नविन श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ, आयुस्मा दर्लामी, केशरी माया बल, निर्मला श्रेष्ठ, सन्तोष श्रेष्ठ, विजय चौधरी, रेखा दोङ, कृष्णकुमारी थापा, मिना कर्माचार्य, करुणा पाख्रिन, सरिता श्रेष्ठ, लक्ष्मी प्रधान, विछोड जिम्बा, राजेश श्रेष्ठ, नारायण श्रेष्ठ, कुलबहादुर श्रेष्ठ, मुस्कान मोक्तान, अस्मीता घलान, पदमप्रसाद तिमल्सीना, केशरबहादुर योन्जन, प्रेमलाल श्रेष्ठ, दामोदर श्रेष्ठ, ङेमासाङ योन्जन, भिमनाथ योन्जन र दिपक राना मगर लगायत रहेका छन् ।
त्यस्तै हेमबहादुर आले, भिमबहादुर आले, मोहनलाल श्रेष्ठ, सुजन श्रेष्ठ, दिलकुमार श्रेष्ठ, दिलकुमार दुलाल, अनिता सापकोटा, सञ्जीव चौधरी, मञ्जु थोकर, अविन महर्जन, सुमन अधिकारी, ढकाल राना, भक्त श्रेष्ठ, उपेन्द्र जिम्बा, फूलकुमारी योन्जन, निर्दोष खनाल, विचारमान मोक्तान, रुपा हुमागाईं, जनलाल योन्जन, सरस्वती श्रेष्ठ, डम्बरबहादुर मोक्तान, एन्जिला श्रेष्ठ, विशाल गोले, धनराज थिङ, रविलाल थिङ, हेमलाल योन्जन, हेमा मगर र निरन थिङले आर्थिक सहयोग गरेका छन् ।
यसैगरी विवेक श्रेष्ठ, नरकुमार स्याङतान, शंखलाल मोक्तान, रवि लामिछाने, इन्द्रकुमार श्रेष्ठ, शम्भु थापा, कैलाश श्रेष्ठ, कल्पना ठाडा, तस्विर मोक्तान, तस्विर बोम्जन, कमल राना, रविन्द्र घिसिङ, निमबहादुर पुन, बालकुमारी लुङ्गेली, सन्दीप तुम्सीङ, अन्जन थिङ, लोकेन्द्र योन्जन, नवराज श्रेष्ठ, पेमा घलान, विकास वाइबा, कृष्णहरी श्रेष्ठ, केशव मेक्तान, तारा छिरिङ लामा, सञ्जिता थोकर, रमेश राना मगर, पञ्चमाया मोक्तान, मनु राना, राजेन्द्र लामिछाने, सुजाता बेन्जु, विशाल योन्जन, फुर्साङ थिङ, गीता राना, प्रतिमा मोक्तान, सलिना श्रेष्ठ, मातृका खनाल, दावा घलान र राजेश श्रेष्ठले सहयोग गरेका छन् ।
त्यस्तै सुसिला योन्जन, सुसिला थोकर, सन्देश थिङ, मुकेश श्रेष्ठ, मनिषा राना, बेतिनी, राजेन्द्र मैनाली, रमेश योन्जन, रोशन तामाङ, डुब्साङ जिम्बा, कुन्साङ वाइबा, जयराम मगर, पञ्चलाल जिम्बा, केशव मोक्तान, हेमबहादुर पिठाकोटे, अजय थिङ, अनिता स्याङतान, युरिका योन्जन, रुपसागर जिम्बा, लालबहादुर थोकर, दिलिप जिम्बा, सरिता राना, मानबहादुर जिम्बा, नरबहादुर जिम्बा, तिलकदास श्रेष्ठ, एकेन्द्र थापा, रिसाङ वाइबा र सोभा सिं स्याङतानले पनि आर्थिक सहयोग गरेका छन् ।
इकमान लामा, सानुकान्छा भोलन, भिमबहादुर जिम्बा, सरस्वती योन्जन, नरेन्द्र भोलन, सञ्जीव जिम्बा, सङ्गीता राना, हेमलाल अस्तानी, शुभसिका मोक्तान, रमेश परियार, सरस्वती मगर शाक्य, देवकुमारी कुँवर, चेतबहादुर जिम्बा, मेकबहादुर श्रेष्ठ, वीरबहादुर लुङ्गेली, अर्जुन थिङ, रोशन श्रेष्ठ, मनिषा जिम्बा, दिनेश श्रेष्ठ, मनमाया योन्जन, हेमन्त न्यौपाने, शुशिला बल, मदन तिमल्सिना, प्रगती थिङ, नवराज पौडेल, सुदीप अधिकारी र सुमि थिङ लगायतले समेत आर्थिक सहयोग गरेका छन् ।
मानवीय सेवाभावका साथ विभिन्न व्यक्ति, समाजसेवी तथा शुभेच्छुकहरूबाट जुटाइएको उक्त सहयोग रकम श्रेष्ठको उपचारमा सहयोग पुग्ने उद्देश्यले हस्तान्तरण गरिएको हो । सहयोग अभियानमा देश तथा विदेशमा रहेका नेपाली समुदायको उल्लेखनीय साथ रहेको बताइएको छ ।
परिवारले उपचारका लागि सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरूप्रति आभार व्यक्त गर्दै थप सहयोग र साथको अपेक्षा समेत गरेको छ । हाल श्रेष्ठको उपचार पाटन अस्पतालमा भइरहेको छ । उनले आफ्नो थप उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् ।










