काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका लगातार तीन आर्थिक वर्षसम्म शून्य बेरुजु कायम गर्ने देशकै एकमात्र स्थानीय तह बन्न सफल भएको छ ।

महालेखा परीक्षकको कार्यालयले जेठ १ गते सम्माननीय राष्ट्रपतिसमक्ष पेश गरेको तथा सोमबार सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार देशभरका ७५३ स्थानीय तहमध्ये महाभारत गाउँपालिका शून्य बेरुजु कायम गर्ने उत्कृष्ट ३ स्थानीय सरकारभित्र पर्न सफल भएको हो ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा संसार ले परिणाममुखी कार्यसम्पादन र आर्थिक अनुशासनप्रतिको प्रतिबद्धताकै कारण यो सफलता हासिल भएको बताएका छन् । उनले जनप्रतिनिधि, कार्यालय प्रमुख, लेखा प्रमुख, राष्ट्रसेवक कर्मचारी, सेवाग्राही तथा सहयोगी सबैको साझा प्रयासले गाउँपालिकालाई शून्य बेरुजुयुक्त पालिका बनाउन सम्भव भएको उल्लेख गरे ।

अध्यक्ष संसारले स्थानीय तहमा सुशासन, पारदर्शिता र जिम्मेवार वित्तीय व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

लगातार तीन वर्षसम्म शून्य बेरुजु कायम भएको उपलब्धिप्रति महाभारतवासीले खुसी व्यक्त गरेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय