काभ्रे, महाभारत । महाभारत गाउँपालिका ले विभिन्न विद्यालयका लागि करार सेवामा शिक्षक पदपूर्तिको संशोधित विज्ञापन सार्वजनिक गरेको छ । गाउँपालिकाअन्तर्गतका विद्यालयहरूमा नेपाल सरकारबाट स्वीकृत दरबन्दी रिक्त भएपछि विद्यालय व्यवस्थापन समितिको निर्णयसहित माग आएअनुसार पदपूर्ति प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको शिक्षा ऐन, २०७७ तथा करारका शिक्षक तथा विद्यालय कर्मचारी छनोट कार्यविधि, २०७८ बमोजिम विज्ञापन प्रकाशित गरिएको हो ।

कुन–कुन विद्यालयमा कति शिक्षक ?
विज्ञापन अनुसार निम्न विद्यालयहरूमा प्राथमिक तह शिक्षक (करार) माग गरिएको छः
चन्द्रोदय प्रावि – १ जना
जनकल्याण मावि – १ जना
मेन्दोफोले प्रावि – १ जना
गौलेश्वरी आवि – २ जना
जनमोहन मावि – १ जना
ग्रामोन्नती मावि – १ जना
सिद्धेश्वर मावि – १ जना
जम्मा ८ जना शिक्षक करार सेवामा नियुक्त गरिने जनाइएको छ ।

आवेदन दिने अन्तिम मिति
खुला प्रतिस्पर्धाका लागि आवेदन दिने अन्तिम मिति २०८३ जेठ २१ गतेसम्म तोकिएको छ भने दोब्बर दस्तुर तिरी २०८३ जेठ २८ गतेसम्म आवेदन दिन सकिनेछ ।

आवेदन कसरी दिने ?
उम्मेदवारले आवश्यक कागजात नोटरी पब्लिकबाट प्रमाणित गरी गाउँपालिकाको शिक्षा शाखामा कार्यालय समयमा बुझाउन सक्नेछन् । साथै इमेलमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
गाउँपालिकाको वेबसाइट mahabharatmun.gov.np⁠मा उपलब्ध फारम भरी आवेदन दिन सकिने जनाइएको छ ।
इमेल ठेगाना : nirmedusection@gmail.com

दरखास्त दस्तुर
आवेदन शुल्क एक हजार रुपैयाँ तोकिएको छ । शुल्क Laxmi Sunrise Bank को महाभारत शाखास्थित आन्तरिक राजस्व खातामा जम्मा गर्नुपर्नेछ ।

आवश्यक योग्यता
आवेदकले आधारभूत तह (कक्षा १–५) को अध्यापन अनुमति पत्र प्राप्त गरेको हुनुपर्नेछ । साथै शिक्षा शास्त्र संकायमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम लिएको हुनुपर्ने उल्लेख गरिएको छ ।
उम्मेदवारको उमेर २०८३ जेठ २८ गतेसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

परीक्षा र अन्तर्वार्ता
लिखित परीक्षा शिक्षक सेवा आयोगले निर्धारण गरेको पाठ्यक्रमका आधारमा सञ्चालन हुनेछ । परीक्षा केन्द्र महाभारत गाउँकार्यपालिकाको कार्यालयमा तोकिएको छ ।

लिखित परीक्षा २०८३ असार ४ गते बिहान १० बजे सञ्चालन हुनेछ भने दोस्रो चरणको परीक्षा २०८३ असार ५ गते बिहान १० बजे हुने जनाइएको छ । अन्तर्वार्ताको मिति लिखित परीक्षाको नतिजा प्रकाशनपछि तोकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय