काभ्रे । प्रेस सेन्टर नेपाल बेथानचोक गाउँपालिका स्तरिय कमिटीको प्रमाण पत्र वितरण एवंम एकदिने पत्रकारिता तालिम सम्पन्न भएको छ ।

शनिवार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रेस सेन्टर नेपाल वागमती प्रदेशको अध्यक्ष यदुनाथ गौतम देउपुरे, प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रोजन तामाङ, प्रेस सेन्टर नेपालका उपाध्यक्ष एवंम बेथानचोक गाउँपालिका इन्चर्ज नवराज अधिकारी, नेकाप माओवाीद केन्द्र बेथानचोकको अध्यक्ष तारा राना तिमल्सीना र नेकाप माओवादी केन्द्र जिल्ला समन्वय समितिका सदस्य कुमार तिमल्सीना लगायतले नव निर्वाचित पदाधिकारी र कार्यसमिती सदस्यहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

गत चैत्र १२ गते सम्पन्ना सम्मेलनले जीवन तामाङको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिती चयन गरेको थियो । यसैगरी, उपाध्यक्षमा सुनिल तिमल्सीना, महिला उपाध्यक्षमा मनिषा तिमल्सीना आराती, सचिवमा मेनुका तामाङ , कोषाध्यक्षमा चित्र प्रषाद घिमिरे हरिहर चयन भएका छन । कार्य समितिको सदस्यहरुमा आकास तामाङ, उज्वल तिमल्सीना, निराजन तिमल्सीना, रमिला श्रेष्ठ, , सुनिल वाइवा, सोबिता तिमल्सीना, सुमित्र तिमल्सीना चयन भएका थिए ।

नव निर्वाचित कार्यसमितिलाई वागमाति प्रदेश अध्यक्ष यदुनाथ गौतम देउपुरे प्रेस सेन्टर नेपालका काभ्रेका अध्यक्ष रोजन तामाङ र प्रेस सेन्टर नेपालका उपाध्यक्ष एवंम बेथानचोक गाउँपालिका इन्चर्ज नवराज अधिकारीले शपथ ग्रहण गराएका थिए ।

पत्रकारहरुको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गदै वागमाति प्रदेश अध्यक्ष गौतमले समचार संकलन गर्नको लागि धेरै ठाउँमा गईराख्नु नपर्ने र समाचार अफुले चाहेको खण्डमा आफ्नै वरिपरी फेला पर्न सक्ने समेत बताए । त्यस्तै, उनले कुनै पनि ठाउँको फोटो मात्रै आफुलाई उपलब्ध भएपनि त्यसको स्थान दिने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय