विराटनगर । ओखलढुङ्गाका दुई जना वडाध्यक्ष पदबाट राजीनामा दिएर वैदेशिक रोजगारीमा गएका छन् । एक महिना भित्र उनीहरू वडाध्यक्षबाट राजीनामा दिँदै विदेश उडेका हुन् ।

ओखलढुंगको चम्पादेवी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष सुजन पौडेल वैदेशिक रोजगारीका लागि जापान गएका छन् । उनले दुई दिनअघि पदबाट राजीनामा दिएको हुन् । नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका वडाध्यक्ष पौडेल वैदेशिक रोजगारीका लागि पदबाट राजीनामा दिएर जापान गएका हुन् ।

उनी चम्पादेवी गाउँपालिकामा प्रवक्ता समेत थिए । चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले वडाध्यक्ष पौडेलले राजीनामा बुझाएको बताए । उनले भने, ‘उहाँले वडाध्यक्ष र प्रवक्ताबाट राजीनामा दिनु भएको छ । कामका लागि जानु भएको हो कि घुम्नका लागि भनेर चाहिँ म भन्न सक्दिनँ ।’

अध्यक्ष केसीले राजीनामा दिएको विषयमा आफूले धेरै कुरा नसोधेको बताए । उनले भने, ‘उहाँले कार्यपालिकामा राजीनामा नबुझाएर मलाई बुझाउनु भएको हो । व्यक्तिगत कारणले दिएको भनेपछि मैले धेरै कुरा गरिनँ ।’

२०७९ को स्थानीय तह निर्वाचनमा पौडेल ३ सय ९४ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका श्यामकुमार पौडेलले ३ सय ५७ मत पाएका थिए ।
यसअघि ओखलढुङ्गाकै सुनकोशी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष गोविन्द तामाङले पनि राजीनामा दिएका थिए । राजीनामा दिएर उनी अस्ट्रेलिया गएका हुन् ।

नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा विजयी भएका तामाङले व्यक्तिगत कारणले अस्ट्रेलिया गएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै वडाबासी दाजुभाइका गुनासो भए पनि व्यक्तिगत कारणले विदेश जानु परेको बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय