काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले सरकार रोजगारी सिर्जना, उद्योग संरक्षण र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा गम्भीर हुनुपर्ने बताएका छन्।

शनिवार नेपाल सुनचाँदी कला व्यवसायी संघको २४औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनमा बोल्दै उनले राज्यले लगानीमैत्री वातावरण बनाउन ध्यान दिनुपर्ने बताए।

राज्यको प्रमुख दायित्व रोजगारीका अवसर सिर्जना गर्नु र निजी क्षेत्रलाई फस्टाउन अनुकूल वातावरण बनाउनु रहेको बताए। उद्योग तथा व्यवसायमा प्रतिकुल असर पर्नेगरि राज्यले कुनै नीतिहरू लिन नहुने उनको भनाइ छ।

उनले उद्योगव्यवसायको प्रोत्साहन हुन नसक्दा देशभित्र रोजगारी नपाएर युवाहरू वैदेशिक रोजगारीतर्फ पलायन हुन बाध्य भएको बताए।

नेपालले आयातमा निर्भर अर्थतन्त्रलाई उत्पादन र निर्यातमुखी बनाउन सरकार स्पष्ट रणनीतिका साथ अघि बढ्न नसकेको उनको आरोप छ।

स्वदेशी उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमार्फत आर्थिक सुदृढीकरण सम्भव भए पनि सरकारको त्यसतर्फ पर्याप्त ध्यान पुग्न नसकेको बताए।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय