काठमाडौं । प्रतिनिधि सभाको बैठक भोलिलाई सारिएको छ। विपक्षीको अवरोधपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँसेर भोलिसम्म स्थगित गरिएको हो।

अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने जानकारी गराइएको छ।

विपक्षीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति हटाउनुपर्ने र सदनमा आएर माफी माग्नुपर्ने अडान लिएर अवरोध जारी राखेपछि सभामुखले बैठक रोकेका थिए।

उनीहरूले संवादबाट सहमति खोज्न सभामुखलाई आग्रह गरेका थिए। आजै रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक राखेर विपक्षीसँग संवाद थालेको भएपनि कुरा मिल्न सकेको छैन।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय