काठमाडौँ । काभ्रेको बुच्चाकोटस्थित बीपी राजमार्गमा ८ जनाको मृत्यु हुने गरी भएको बस दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुख व्यक्त गरेको छ।
शुक्रवार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटनामा परेको हो।


दुर्घटनामा परी घाइते भएका १६ जनालाई उद्धार गरी धुलिखेल अस्पताल उपचार भइरहेको छ।
सरकारले विज्ञप्ति जारी गरी तत्काल उद्धारपश्चात घाइतेहरूको उपचार जारी रहेको जानकारी दिँदै मृतकका परिवारप्रति समवेदना प्रकट गरी घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।










