महाभारत, काभ्रे । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२ जोरछाँगाकी ६३ वर्षीया डिकीमाया मोक्तानले क्यान्सर उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्। आर्थिक अवस्था कमजोर भएका कारण थप उपचारमा समस्या भएपछि परिवारले सहयोगको याचना गरेको हो।
परिवारका अनुसार मोक्तानको विगत ६ महिनादेखि काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ।


विरामीकी नातिनी सङ्गिता तामाङका अनुसार हालसम्म उपचारमा ६ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ भने आगामी उपचारका लागि अझै ठूलो रकम आवश्यक पर्ने चिकित्सकहरूले बताएका छन्।
यसअघि पथरीको समस्या देखिएपछि शल्यक्रिया गरिएको थियो। त्यसक्रममा क्यान्सर पुष्टि भएपछि किमोथेरापी आवश्यक परेको र कमजोर आर्थिक अवस्थाका कारण परिवारले सबैसँग सहयोगको आग्रह गर्नुपरेको जनाएको छ।
डिकीमायालाई सहयोग गर्न इच्छुक व्यक्तिहरूले लक्ष्मी सनराइज बैंकमा रहेको डिकीमाया मोक्तानको खाता नम्बर ०६२१८३३२४२०४४१ मा रकम जम्मा गर्न सक्ने परिवारले जनाएको छ।
थप जानकारीका लागि उनकी छोरी चीनिमाया तामाङको मोबाइल नम्बर ९७६७९२५६५६ तथा नातिनी सङ्गिता तामाङको मोबाइल नम्बर ९८६०८५८५९४ मा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ।साथै ग्लोबल खबरको टिमलाई सक्नु्हुनेछ ।

- QR










