महाभारत,काभ्रे । नेकपा माओवादी केन्द्र महाभारत गाउँपालिकाकको अध्यक्ष तथा गाउँपालिकाको सरकार प्रमुख कान्छालाल जिम्बा (संसार)ले महाभारत गाउँपालिकामा माओवादी एक्लै चुनाव लड्न तयार भएको बताएका छन्। योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) नेपाल महाभारत गाउँपालिकाको तेस्रो तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को दोस्रो गाउँपालिका सम्मेलनमा बोल्दै उनले माओवादी एक्लै चुनावी प्रतिस्पर्धा गर्न तयार रहेको बताए।

‘हामी २०७४ को चुनावमा पनि एक्लै लडेर जितेका हौं अब पनि जितेर देखाउछौ ,’ अध्यक्ष जिम्बाले भने, ‘हामी यो पटकको चुनावमा महाभारतको आठै वडा जित्छौँ। हामीले चुनाव हिजो पनि जितेको हो अब पनि जित छौ ।‘ विभिन्न कारणले पार्टी परित्याग गर्ने नेता तथा कार्यकर्ताहरुलाई कुनै पनि लोभ लालचमा नपर्न आग्रह गर्दै पार्टीमा फर्किए आफू स्वागत गर्न तयार रहेको बताए ।

माओवादीको कारण धर्मनिरपेक्षता, संघीयता, समावेशी समानुपातिकलगायतका उपलब्धि हासिल भएको बताउँदै यसलाई भत्काउन प्रतिक्रियावादी लागेको आरोप लगाए। उनले महाभारतमा यो भन्दा पहिला विभिन्न पार्टी नेतृत्व गरेको भए पनि कुनै पनि विकास नभएको जब माओवादीले नेतृत्व गरे पछि विकास भएको र विकास भएको देखेपछि विरोधीहरु सरकारलाई विरोध गरिरको बताए । महाभारत गाउँपालिको नेतृत्व माओवादीले गरेको कारणले नै बागमती प्रदेशकै उत्कृष्ट गाउँपालिका भएको समेत बताए ।

१३ बर्षको उमेर देखि महाभारतको विकासका लागि लागिपरेको र जीवनरहुन्जेल व्यतित गर्ने जिम्बाले बताए। १० बर्ष जनयुद्ध र १९ दिने जनआन्दोलनबाट व्यवस्था परिवर्तन भए पनि महाभारतको अवस्था परिवर्तन गर्न आगामी निर्वाचनमा माओवादी केन्द्रलाई जिताउन आग्रह गरे ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय