काभ्रेपलाञ्चोक । महाभारत गाउँपालिका–४ की वडा सदस्य फुलमाया वाइवा रुखबाट लडेर गम्भीर घाइते भएकी छन्।

वडा नं. ४ का कम्प्युटर अपरेटर राकेश भोम्जनका अनुसार बुधबार बिहान करिब ८ बजेतिर घाँस काट्ने क्रममा रुखको हाँगा भाँचिएपछि उनी तल खसेर गम्भीर घाइते भएकी हुन्। दुर्घटनापछि उनलाई तत्काल उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो।

हाल ट्रमा सेन्टरमा उनको उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ। चिकित्सकको निगरानीमा उनको स्वास्थ्य अवस्थाको उपचार भइरहेको बताइएको छ।

घटनापछि स्थानीयवासी, जनप्रतिनिधि तथा शुभेच्छुकहरूले वडा सदस्य वाइवाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। ग्रामीण क्षेत्रमा दैनिक कामका क्रममा हुने यस्ता दुर्घटनाप्रति सावधानी अपनाउनुपर्ने आवश्यकता पनि स्थानीयवासीले औँल्याएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय