मायालु लामा, काठमाडौं । तामाङ साँस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वको प्राचीन धार्मिक तिर्थस्थल सिङ्ल्हालाई नेपालको मध्य पहाडी हिमालय क्षेत्रकै सुन्दर र दुर्लभ पर्यटकीय गन्तव्यहरू मध्य एक मानिन्छ ।

पर्यटन प्रवर्द्धनका लागि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बौद्ध दर्शन प्रवर्दन तथा गुम्बा बिकास समितिद्वारा निर्माण गरिएको गुरू पद्मसंभवले सिद्धि प्राप्त गर्नुभएको प्राचीन धार्मिक तिर्थस्थलसँग “सिङ्ल्हा” बृतचित्र सोमबार सार्वजनिक गरिएको हो ।

समितिका कार्यकारी निर्देशक होम बहादुर दोङले वृत्तचित्र निर्माणले पर्यटकीय हिसाबले प्रचुर सम्भावना रहेको सिङ्ल्हाको प्रचारप्रसारमा सहयोग पुग्ने बताउँदै निमार्ण पक्षले विगतका वर्षहरुमा भन्दा यसपटक राम्रो वृत्तचित्र निमार्ण गरेका बताउनुभयो ।

पक्कै पनि सिङल्हा वरपरका अजंगका रहस्यमय चट्टानी डाँडाहरु र क्षितिजसम्म फैलिएका असंख्य डाँडाकाँडाको अनूपम दृश्यहरुले जो कोहिलाई मन्त्रमुग्ध बनाउँछ । सिङल्हा क्षेत्रमा प्राचीन बौद्ध धार्मिक केन्द्रको रूपमा रहेको थुप्रै वृतान्तहरू पाइन्छ । समुद्री सतहदेखि करिव ४ हजार मिटरमा रहेको उक्त स्थान पर्यटकीय दृष्टिकोणले मात्रै नभएर सुख, शान्ति र समृद्धिका मनोकांक्षा पूरा गर्न पूजापाठ गर्ने उद्देश्यले निर्मित एक पवित्र तिर्थस्थल हो । उक्त प्राचीन धार्मिक तिर्थस्थल सिङ्ल्हाको बृत्तचित्र राष्ट्रिय टेलिभिजनहरु मार्फत निम्न मिति र समयमा प्रसारण हुनेछ ।

                                                             “सिङ्ल्हा”
                                 (गुरु पद्मसम्भवले सिद्धि प्राप्त गरेको/अलप भएको प्रचिन धार्मिक तिर्थस्थल)
 निर्माण
नेपाल सरकार, नागरिक उड्डयन मन्त्रालय
  बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति
निर्देशन/छायाँकन/सम्पादनः रोशन फ्युवा तामाङ
स्कृप्ट सम्पादनः अजितमान तामाङ
 स्कृप्ट लेखनः जीवन कुमार योञ्जन
 वाचनः अमरध्वज लामा
छायाँकन सहयोगीः प्रकाश तामाङ
दृश्य निर्माण तथा उत्पादन
ल्हाप्साङकर्पो म्युजिक सेन्टर प्रा.लि.
  रंग संयोजनः टेकेन्द्र शाह
पाश्र्व संगीतः वाङ्च्यु फ्युवा
श्रोत व्यक्तिहरु
फुपु छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल)
अध्यक्ष
बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा बिकास समिति
होम बहादुर दोङ
कार्यकारी निर्देशक
बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा बिकास समिति
अजितमान तामाङ
मोहन कुमार योञ्जन
  बौद्ध धर्म अध्यता तथा अनुसन्धानकर्ता
रण बहादुर तामाङ
ध्यक्ष–खनियाबास गाउँपालिका, धादिङ)
छत्र बहादुर लामा
अध्यक्ष– किस्पाङ गाउँपालिका, नुवाकोट
लोपेन सम्तेन तामाङ, मान बहादुर तामाङ,
फुर्पा लामा, प्रशान्त तामाङ
 यातायातः सुरेन्द्र थिङ तामाङ
निर्देशक रोशन फ्युवा तामाङले बिगत एकदशक देखि नै पश्चिमेली तामाङहरुको जीवनशैली, लोक साहित्य र प्रदर्शनकारी लोक नाटकहरुको बारेमा अध्ययन गरी गीत संगीत, चलचित्र तथा बृत्तचित्रको माध्यमबाट उजागर गर्दै आउनुभएको छ ।

यसै क्रममा पछिल्लो समय उहाँले सानै देखि सुनिदै आएको, हरेक वर्ष लामा तथा झाँक्रीहरु मेला तथा तिर्थाटन गर्न पुगीरहने सिङल्हाको बारेमा गीत बनाउनुका साथै उक्त क्षेत्रमा भेडी गोठालो भएर बस्नु पनि भएको थियो । त्यतिमात्रै नभएर, सिङ्ल्हा धादिङ, नुवाकोट र रसुवाको मुर्त तथा अमुर्त सम्पदा भएको बताउँदै निर्देशक तामाङले सुन्दरताले भरिभराउ त्यहाँको प्राकृतिक तथा धार्मिक स्थलहरुलाई चलचित्रहरुमा समेत समावेश गर्नुभएको छ ।

केही वर्ष अघि सिङ्ल्हाको मुर्तरुपबारे खनियाबास गाँउपालिकासंग मिलेर बृत्तचित्र बनाएपनि उक्त क्षेत्रका विषयमा झनै बिस्तृतमा अध्यन गर्न मन लागेको स्मरण गर्दै लाप्साङकार्पो म्युजिक सेन्टरका संचालक समेत रहनुभएका तामाङले अहिलेको बृत्तचित्रमा गुरु पद्मसम्भवले सिद्धि प्राप्त गर्नुभएको प्राकृतिक, धार्मिक तथा ऐतिहासिक तिर्थस्थलका विषयलाई बौद्धिक व्यक्तित्व, स्थानिय लामा, झाक्रीहरु, बौद्ध धर्म अध्यताहरुको प्रष्टिकरण सहित प्रस्तुत गरिएको बताउनुभयो ।

पर्यटकीय सम्भावना बोकेका धादिङको खनियाबास गाउँपालिका वडा नं २ झार्लाङमा अवस्थित सिङ्ल्हाको अध्ययनका साथै प्रचारप्रसारका लागि निर्देशक तामाङले पहिलादेखि नै प्रयास गरिरहेको बताउँदै आगामी दिनमा आन्तिरिक तथा बाह्य पर्यटकहरुका लागि त्यहाँ सम्म जाने वातावरण तय गर्ने आफुहरुको योजना रहेको समते बताउनुभयो ।

चिसो हावा र हिमालहरुको मनोरम दृश्यले प्रतिबिम्बित बर्णन गर्नैपर्ने स्थान सिङ्ल्हा क्षेत्रमा प्राकृतिक रुपमा मनोरम धार्मिक स्थलका साथै ओडारहरु समेत देख्न सकिन्छ । अनेकन सभ्यता लुकेको सिङ्ल्हा क्षेत्र विशेषगरी गुरू पद्मसंभवले सिद्धि प्राप्त गर्नुभएको प्राकृतिक, धार्मिक तथा ऐतिहासिक रुपले महत्वपूर्ण पर्यटकिय गन्तव्य भएकाले पनि उक्त क्षेत्रमा भौतिक पूर्वधार निर्माणका साथै बासस्थान, होमस्टे, पदमार्ग लगायतका संरचनाहरु निमार्ण गर्न सके आगामी दिनमा पर्यटकिय हिसाबले विकासका साथै प्रवर्दन भई आर्थिक विकास र समृद्धि हासिल हुनुका साथै नेपालमा मात्रै नभएर विश्व सामु नै सिङ्ल्हालाई परिचित गराउन सकिने निर्देशक तामाङ बताउनुहुन्छ ।

पवित्र भुमि सिङ्ल्हा मा हल्ला गर्ने वा फोहोर गर्ने गरेमा त्यहाँ हुरि बतास चल्नुका साथै असिना पानी पर्ने कुरा अग्रजहरु बताउछन । सिङ्ल्हालाई गुरु पद्मसम्भव र मिलारेपा तपस्वीको ध्यान बिश्रामस्थलको रुपमा पनि चिनिदै आएको छ ।

विशेष त त्यहाँ भदौ पुर्णिमाका दिन रसुवा, नुवाकोट र धादिङका विभिन्न ठाउँबाट झाग्री सहितको भक्तालु तिर्थालुहरु आउने गर्दछन् । सिङ्ल्हा नेपालको एक महत्वपुर्ण प्रचुर सम्भावना बोकेको पर्यटक क्षेत्र भएतापनि प्रचार प्रसारको अभावका कारण ओझेलमा परेकाले आगामी दिनमा यसको विकासका लागि चार स्थानीय निकाय (खनियाबास गाउँपालिका, धादिङ, रुबीभ्याली गा.पा, धादिङ, किस्पाङ गा.पा, नुवाकोट र उत्तरगया गा.पा, रसुवा) को नै समन्वय हुन जरुरी रहेको निर्देशक तामाङले बताउनुभयो ।

सिङ्ल्हालाई पर्यटकीय हिसाबले परिचित गराउन सके मुलुकको आर्थिक संवृद्धीमा नै सिङल्हा एक कोशेढुङगा सावित हुने फ्युवाको भनाई छ । लाप्साङकार्पो म्युजिक सेन्टरका प्रबन्ध निर्देशक समेत रहनुभएका फ्युवालाई विशेषत मेन्दोमाया गायकका रुपमा चिनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय